शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • तेलुगू फिल्ममा डेब्यू गर्दै आलिया

तेलुगू फिल्ममा डेब्यू गर्दै आलिया

  • बुधबार, चैत्र ६, २०७५
तेलुगू फिल्ममा डेब्यू गर्दै आलिया

बलिउड अभिनेत्री आलिया भट्टले तेलुगू फिल्ममा डेब्यू गर्ने भएकी छिन् । एस.एस. राजमौलीको फिल्म ‘आरआरआर’ मार्फत उनले तेलुगू फिल्ममा पनि अभिनय गर्ने भएकी हुन् ।

बाहुबली सिरिज बनाउने राजमौलीसँग काम गर्ने आफ्नो सपना पूरा भएको आलियाले बताएकी छिन् । राजमौलीले यसअघि नै फिल्ममा आलिया र अजय देवगन मुख्य भूमिकामा रहने बताएका हुन् ।

पहिलो पटक दक्षिण भारतीय फिल्ममा काम गर्न पाउँदा निकै उत्साहित रहेको आलियाले बताएकी छिन् । फिल्म सन् २०२० को मे ३० मा रिलिज हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार