शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तरवार्ता
  • ब्लड क्यान्सरसंग लड्दै गरेकी किशोरी मिना बमको सहयोगका लागि अश्रुपूर्ण याचना

ब्लड क्यान्सरसंग लड्दै गरेकी किशोरी मिना बमको सहयोगका लागि अश्रुपूर्ण याचना

  • मङ्लबार, चैत्र ५, २०७५
ब्लड क्यान्सरसंग लड्दै गरेकी किशोरी मिना बमको सहयोगका लागि अश्रुपूर्ण याचना

कैलाली । रोगले कसैलाई पनि आफ्नो र पराई भन्दैन नै । न यस्ले गरीब र धनी नै छुट्याउछ । त्यसमाथि यस्ले न उमेरको सीमालाई नै सम्मान गर्छ । अहिले बुढापाका भएपछि देखिने रोगले कलिला बालबालिकादेखि लिएर किशोर किशोरीहरुलाई समेत सताउन थालेको छ ।। कैलालीकी एक किशोरी मिना बम अहिले यस्तै नियतिको शिकार बनेकी छिन् । मात्र १९ बर्षमा हिड्दै गरेकी मिनालाई ब्लड क्यान्सर भयो ।

यो असैह्य बज्रपात उनीमाथि वर्षिदा पीडा यतिमा मात्र रोकिएन । कम उमेरमा नै विवाह गरेकी उनलाई ब्लड क्यान्सर भएपछि श्रीमानले पनि छोडिदिए , उपचार खर्च माइतीले भरथेग गरिरहेको उनको उपचारमा नै माइतीको भएको खेतबारी पनि रित्तियो ।

अझै १० लाख खर्च गरे बाँच्न सकिन्छ भनेर चिकित्सकले दिएको ढाड्सको अघि अहिले उनलाई आर्थिक समस्या तगारो बनेको छ । तर मर्दा पर्दा एक जुट हुने नेपाली समाजमाथि उनलाई ठूलो भरोसा छ । सहयोग पक्कै जुट्ने छ भन्ने आशा र भरोसाका साथ उनी भोलिका सुन्दर दिनहरु कल्पिरहेकी छिन् ।

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्वर २ स्थित कुम्भीया गाउँमा वस्ने मिना बमको ब्लड क्यान्सर रोग लागेको २ वर्ष भयो । जिन्दगीमा केही गर्ने सोच बनाएकी मिना अहिले ब्लड क्यान्सर रोग लागे पछि थला परेकी छिन । भर्खरै १९ वर्ष भएकी मिनाको लगातार १ वर्ष देखि उपचार हुँदै आएको छ । उपचार गर्दा गर्दै भएको खेती बारी सवै घर परिवारले बेचिसकेको छन् । आर्थिक अवस्था निकै कमजोर भए पछि उपचार गर्न समेत गाह्रो भएको पीडितका आफन्तले बताएका छन् ।

भर्खरै १९ वर्ष पुगेकी मिनालाई ब्लड क्यान्सर भएपछि उनको श्रीमानले छोडेपछि अहिले उनी माइतीमा बस्दै आएकी छिन । बमकी आमाले आफ्नो आर्थिक अवस्था निकै कमजोर भएको भन्दै आफ्नो छोरीलार्ई बचाईदिनु हुन सबै नेपाली दाजु भाईलाई आग्रह गर्नुभयो ।

घर परिवारले मिना बमको उपचारको लागि काठमाण्डौँ, चितवन र भातरको लखनउसमेत लगिसकेका छन । भर्खरै १९ वर्ष पुगेकी मिना बमको बिबाह भएको दुई वर्ष पुगेको छ तर ब्लड क्यान्सर लागेको छोरी दिएको भन्दैँ उनको श्रीमान र सासु ससुराले नहेरेपछि मिना माईतीमा बस्दै आएकी छिन् । उनले कतैबाट आफुले सहयोग नपाएको गुनासो गरिन ।

मिनाले आफुले धेरै काम गर्न वाँकी रहेको र जीवनमा केही गरेर देखाउने अठोट भएकाले आफुलाई वचाइदिन सवैलाई आग्रह गरिन र नेपाल सरकारबाट पाउने सेवा पनि मिना बमले लिईसकेकी छिन् । तर उपचार गर्दागर्दै भएको खेती बारी सवै बेचिसकेको र अब उपचार गर्न समेत गाह््रो भएको भन्दै पीडितको आफन्तले सहयोगको अपिल गरेका छन् । मिनाको थप उपचारका लागि आर्थिक स्रोत आवश्यक परेकाले सवैले सहयोग गरीदिनुहुन उहाँको मामा टेक बहादुर शाहले आग्रह गर्नुभयो ।

मिनालाई सहयोग गर्न स्थानीय स्तरबाट समेत पहलको तयारी भइरहेको छ । आफ्नो जीवनप्रति धेरै आशावादी मिनालाई यतिखेर सहयोगको खाँचो छ । पर्दा मर्दा जुटने नेपालीको शैली र बानी नै भएकोले आफुले सहयोग पाउनेमा मिना विश्वस्त पनि छिन् । मिनालाई सहयोग गर्न चाहने इच्छुक ब्यक्तिले मिनाको काका ÷ काकीको फोन नम्वर ९८४५९६००६५ र ९८६४३०९९६५ मा फोन गरेर वा मिनाको आमाको एभरेष्ट बैंकको खाता नंम्वर ०६८००५०१२००५६० मा सहयोग गर्न सक्नुहुनेछ । न्युज24नेपाल बाट

चर्चामा

सम्बन्धित समाचार