शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • सकारात्मक कार्यको सूचना सम्प्रेषण गर्नुपर्ने : मन्त्री शाह

सकारात्मक कार्यको सूचना सम्प्रेषण गर्नुपर्ने : मन्त्री शाह

  • मङ्लबार, चैत्र ५, २०७५
सकारात्मक कार्यको सूचना सम्प्रेषण गर्नुपर्ने : मन्त्री शाह

बडीमालिका खवर
बाजुरा ५ चैत । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकारले गरेका सकारात्मक कार्यको प्रचार र सकारात्मक सूचना सम्प्रेशण गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासघं बाजुरा शाखाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शाहले यस्तो बताएका हुन् ।


जहिल्यै नकारात्मक र प्रतिशोधको भवनाबाट समाचार सम्प्रेषण गर्नु भन्दा सकारात्कम आलोचना गरे प्रदेश सरकार त्रुटी सच्याउदै अघि बढ्नुपर्ने मन्त्री शाहले बताएका छन ।
मन्त्री शाहले संघिय सरकारले ल्याएको कर्मचारी समायोजन नहुँदा प्रदेश सरकारको बजेट खर्चमा समस्या आएको बताएका छन ।
संघिय सरकारले कर्मचारी समायोजन कार्य ढिलाई भएकाले समयमै विनियोजन गरिएको प्रदेश सरकारको बजेट खर्च हुन नसकेको पत्रकार सम्मेलनमा जानकारी गराएका हुन ।
जिल्ला स्थित मंगलबार नेपाल पत्रकार महासंघ बाजुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शाहले प्रदेश सरकारले सुदूरपश्चिमका ९ वटै जिल्लाको विकास निर्माण र जनतालाई सहज रुपमा सेवा दिने गरी काम गर्न लागेको मन्त्री शाहले बताएका छन् ।
मन्त्री शाहले भने–“प्रदेश सरकारले गौरवका आयोजना ल्याएर पर्यटकिय क्षेलाई प्रवद्र्धन गर्ने तर्फ सरकार उन्मुख भएको बताएका छन ।”
“प्रदेश सरकारले १८ कानुन पारित पछि संचार निति ल्याउने तयारी गरिएको छ,मन्त्री शाहले–बताउनु हुन्छ ।” सरकारले संचार नितिबाट नै प्रदेशमा रहेका श्रमजिवी पत्रकारलाई सहयोग गर्ने,विज्ञापनमा एकरुपता ल्याउने जस्ता कार्यविधी बनाउन थालिएको सम्मेलनमा शाहले बताए ।
देशको परिस्थितिमा संविधान जारी भएपनि संघियता कार्यान्वयनको चरणमा भने चुनौती देखिएको मन्त्री शाहको भनाई रहेको छ । अहिले दलगत र व्यक्तिगत स्वास्र्थ भन्दा माथि उठेर समाजको स्वार्थलाई आत्मसाथ गर्नमा जोड दिएका छन् ।
मन्त्री शाहले प्रदेश सरकारले विनियोजन गरेका विकास निर्माण कार्यको स्थलगत अनुगमन र शानित सुरक्षाको अवस्थाको बारेमा बुझ्न जिल्लामा आएको बताएका छन् ।


यो सरकारले विकट पहाडी जिल्लाका लागि अत्याधुनिक सेवा भएको एम्वुलेन्स खरिद र हवाई उद्धार कार्यक्रम ल्याएको छ । दुर्गममा स्थानीयले समयमै उपचार मृत्यु हुने भएकालmmे त्यसलाई मध्येनजर गर्दै उक्त कार्यक्रम ल्याइएको कानुन मन्त्री शाहको भनाई रहेको छ ।
नेपाल पत्रकार महासघं बाजुरा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासंघका बपिरष्ठ उपाध्यक्ष निमेन्द्र शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह रहेका थिए । कार्यक्रममा बडीमालिका नगरपालिका प्रमख पदम बडुवाल, नेकपा नेता लाल बहादुर ओली, उद्योग बाणिज्य सघं बाजुराका अध्यक्ष देबबहादुर रोकाया लगायत बिभिन्न संचार माध्यायममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो कार्यक्रमको संचालन पत्रकार महासघं बाजुरा शाखाका सचिव प्रेम बिकले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार