शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • सहभोजमा सहभागी मन्त्री शाह

सहभोजमा सहभागी मन्त्री शाह

  • मङ्लबार, चैत्र ५, २०७५
सहभोजमा सहभागी मन्त्री शाह

बडीमालिका खवर
बाजुरा ५ चैत्र
आन्तरिक मामिला तथा काननु मन्त्री एक दलितको घरमा सहभोजमा सहभागी भएका छन् । जातीय विभेदलाई अन्त्य गर्न सो भोजमा सहभागी भएका हुन ।
जिल्लाका माथिल्लो जातिका मान्छेले दलितको हातको पानी समेत खादैनन् भन्ने भनाइलाई रहेको समाजको कुरीती हटाउन सो भोजमा गएको मन्त्री शाहले बताए ।
जिल्लाको ग्रामिण भेगमा अहिले सम्म पनी जातीय विभेद चलिरहेको र यस्ता विभेदलाई अन्त्य गर्नुपर्ने मन्त्री शाहले बताए । दलितको घरमा खाना खादैमा कुनै देउता रिसाउदैनन् र जात पनी नझर्ने सन्देश दिन मन्त्री शाहले सो भोजको आयोजनामा सहभागी भएको बताएको छ ।


समाजले बहिस्कार गरेको दलित समुदायमा बाहुन ठकुरीहरुले हेप्ने चलनलाई अन्त्य गर्न यो भोजले सकरात्मक सन्देश दिएको दलित अधिकारकर्मी गोरख शार्कीले बताए ।
माथिल्लो जातले अहिले सम्म पनि दलित संगै बसेर पानी पनी खानुहुदैन भन्ने कुसंस्कारलाई अन्त्य गर्नु हामी जनप्रतिनिधीको दायित्व भएकोले यस्ता कुसंस्कार कुरीतीहरुको अन्त्य गर्नुपर्ने मन्त्री शाहले आफैबाट सूरुवात गरेको बताएका छन ।
मन्त्री शाहले जिल्ला सदरमुकाम मार्तडीमा रहेका स्थानीय गोरख बिकको घरमा मन्त्री शाहले खाना खाएका थिए । माथिल्लो जातका मान्छेले दलितको घरमा खाना खाए पनी केही हुदैन भन्ने भ्रमलाई हटाउनका लागि भोजमा सहभागी भएको बताएका छन् ।
जिल्लाको पूर्बीउत्तर क्षेत्रमा रहेको कर्णली करिडोरको सडक उद्धघाटन गर्न गृह जिल्लामा पुगेका मन्त्री शाहले यस्ता कुरीती कुसंस्कार लाई अन्त्य गर्न आवस्यक रहेको बताएका छन् ।
बाजुराको उत्तरी क्षेत्रमा रहेको कर्णली करिडोरको उद्धघाटन चैत्र ७ गते गर्ने गरिने भएको छ । सो सडक उद्धघाटन गर्न मन्त्री शाह गृह जिल्ला पुगेका छन ।

चर्चामा

सम्बन्धित समाचार