शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • यस बर्ष बाजुराबाट ४ हजार बिद्यार्थीले एस.इ.इ. परिक्षा दिने

यस बर्ष बाजुराबाट ४ हजार बिद्यार्थीले एस.इ.इ. परिक्षा दिने

  • मङ्लबार, चैत्र ५, २०७५
यस बर्ष बाजुराबाट ४ हजार बिद्यार्थीले एस.इ.इ. परिक्षा दिने

बडीमालिका खवर
बाजुरा ५ चैत्र
बाजुरा जिल्लाबाट यस बर्ष ४ हजार जना भन्दा बढी बिध्यार्थीले एस.इ.इ. परिक्षा दिने भएका छन् । बाजुरा जिल्लाका १५ ओटा परिक्षा केन्द्रमा परिक्षा संचालन गरिने भएको हो । यस बर्ष ३ हजार ९९ जना बिध्यार्थी नियमित तर्फबाट परिक्षा दिने भएका छन । त्यसै गरी २ सय १० जना आङसीक ग्रेड बृद्धीका बिध्यार्थी रहेका छन भने १ सय २९ जना बिध्यार्थीले आङसीक तर्फ अर्थात पुरानो ग्रेटबृद्धीका परिक्षार्थी रहेको जिल्ला शिक्षा समन्वय ईकाइ बाजुराले बताएको छ । जिल्ला शिक्षा समन्वय इकाइ बाजुराका अनुसार यस बर्षको परिक्षाको सम्पुर्ण तयारी पुरा भइसकेको बताएको छ । बाजुरामा नियमित तर्फका १४ ओटा केन्द्र कायम गरिएका छन भने आङसीक तर्फका परिक्षर्थीका लागी एउटा मात्र केन्द्र कायम गरिएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख गोपालदत्त जोशीले बताएका छन ।
सबै परिक्षा केन्द्रका प्रश्नपत्र र उत्तरपुस्तीका समेत पुगीसकेको तर कर्मचारी ब्यबस्थापन गर्न मात्र बाकी रहेको इकाई प्रमुख जोशीले बताएका छन् । सबै परिक्षा केन्द्रका लागी प्रश्नपत्र र उत्तरपुस्तीका परिक्षा केन्द्रको नजिकमा रहेको प्रहरी चौकीमा बुझाई सकिएको बताएका छन् ।
जिल्ला शिक्षा समन्वय ईकाइमा कर्मचारी अभाव भएकोले परिक्षामा खटन पटन गर्न समस्या हुने भए पनी यस बर्षको परिक्षा अघिल्ला बर्षहरु भन्दा मर्यादित भएर चलाउने जोशीले बताएका छन् । यस बर्षको एस इ इ परिक्षा चेत्र १० गतेबाट सुरु हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार