मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • जिल्लामा एम्बुलेन्स छैन, जनप्रतिनिधिलाई महङ्गा गाडी

जिल्लामा एम्बुलेन्स छैन, जनप्रतिनिधिलाई महङ्गा गाडी

  • मङ्लबार, चैत्र ५, २०७५
जिल्लामा एम्बुलेन्स छैन, जनप्रतिनिधिलाई महङ्गा गाडी

कोही बिरामी भयो भने अस्पतालसम्म लैजान कठिन छ । बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म लैजानु पर्ने बाध्यता छ । तर, जनप्रतिनिधिले आफ्ना सुविधाका लागि महङ्गा सवारी साधन खरिद गरेका छन् ।

एक मात्र एम्बुलेन्ससमेत दुर्घटनामा परेपछि अहिले एम्बुलेन्सबिहीन जिल्ला बनेको छ । एम्बुलेन्स नहुँदा स्थानीयले निजी गाडी प्रयोग गरी बिरामीलाई सुर्खेत र नेपालगञ्ज लैजाने गरेका छन् ।

दैलेखमा दुर्घटना हुँदा एम्बुलेन्स काम नलाग्ने भएपछि समस्या भएको जिल्ला अस्पताल कालिकोटका प्रमुख डा.भीष्म पोखरेलले बताए । ‘जिल्लामा एम्बुलेन्स छैन, बिरामीलाई रिफर गर्दा समस्या हुने गरेको छ,’ उनले भने, ‘यत्रो जनसंख्या भएको ठाउँमा एम्बुलेन्स नहुनु दुःखको कुरा हो ।’

डोकोमा बिरामी बोक्नु पर्ने अवस्था भए पनि जनप्रतिनिधिहरु भने महङ्गा गाडीमा हिड्ने गरेको अधिवक्ता अम्मलराज शाहीले बताए । ‘जनप्रतिनिधिमा मानवीय सम्वेदना हराएर गएको छ,’ उनले भने ।

चर्चामा

सम्बन्धित समाचार