बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • नेपालको जनसंख्या ३ करोड ३ लाख !, दैनिक कति हुन्छ वृद्धि ?

नेपालको जनसंख्या ३ करोड ३ लाख !, दैनिक कति हुन्छ वृद्धि ?

  • मङ्लबार, चैत्र ५, २०७५
नेपालको जनसंख्या ३ करोड ३ लाख !, दैनिक कति हुन्छ वृद्धि ?

काठमाडौं, ५ चैत । केन्द्रीय तथ्याङ्क विभागले सोमबारको अनुमानित जनसंख्या दुई करोड ९५ लाख ६ हजार ३४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा नयाँ जनसंख्या देख्न पाइन्छ । प्रक्षेपण बोर्डले नेपालको जनसंख्या दैनिक एक हजार ६४ देखि एक हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ ।

जबकी गत वर्ष प्रतिदिन एक हजार ७० देखि एक हजार ८४ जनासम्म बढ्ने गरेको देखाउँथ्यो । प्रक्षेपण अनुमानित भएकाले घटबढ हुने सम्भावना रहन्छ । विभागले आगामी २०७८ साल असार ८ गते नेपालको जनसंख्या तीन करोड तीन लाख ७८ हजार ५५ पुग्ने प्रक्षेपण गरेको छ ।

विभागका निर्देशक शङ्करलाल श्रेष्ठले जन्मदर, मृत्युदर र बसाइ सराइका आधारमा जनसंख्या प्रक्षेपण गर्ने गरिएको बताउँदै भने, प्रक्षेपण गरिएको जनसंख्या बढ्न पनि सक्छ, घट्न पनि सक्छ ।
विभागले २०६८ सालमा राष्ट्रिय जनगणना गर्नुअघि नेपालको जनसङ्ख्या दुई करोड ८४ लाख पुग्ने प्रक्षेपण गरेको थियो । जबकि जनगणनाले जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको देखाको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार