बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • एकैदिन पाँचजना कर्मचारी पक्राउपछि मालपोतको काम प्रभावित

एकैदिन पाँचजना कर्मचारी पक्राउपछि मालपोतको काम प्रभावित

  • मङ्लबार, चैत्र ५, २०७५
एकैदिन पाँचजना कर्मचारी पक्राउपछि मालपोतको काम प्रभावित

नेपालगन्ज, चैत ५ ।

सरकारी जग्गा निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा मालपोत कार्यालय नेपालगन्जका–५ जना कर्मचारी प्रहरीको फन्दामा परेपछि कार्यालयको काम नै प्रभावित हुने भएको छ ।

मालपोत कार्यालयका नायव सुब्बा रुद्र देवकोटा, टंक शर्मा र रामबहादुर खड्का, कम्प्युटर अप्रेटर यज्ञश्वर वली र प्रेम चन्दलाई हिंजो साँझ बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । मालपोत कार्यालयबाट हाल हुलाक कार्यालय बाँकेमा सरुवा हुनुभएकी अधिकृत पुष्पा श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सेवाग्राहीको अतिभिड हुने सो कार्यालयमा एकैपटक पाँचजना कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या हुने देखिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेवाप्रवाहमा समस्या आउने स्थिति आए अन्य कार्यालयबाट कर्मचारी झिकाएर काम नियमित पारिने बताउनुभयो ।

सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय गिरोहलाई पक्राउ गरेपछि प्रहरीले उनीहरुको वयानका आधारमा भूमाफिया गिरोहलाई सघाउने कर्मचारीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ । भूमीसुधार तथा मालपोत कार्यालय बर्दियाका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोख्रेल पनि प्रहरीले पक्राउ गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार