मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • शिक्षा
  • शिक्षक लाइसेन्सको सट्टा अब शिक्षकलाई एक वर्षे पेशागत तालिम दिदै सरकार

शिक्षक लाइसेन्सको सट्टा अब शिक्षकलाई एक वर्षे पेशागत तालिम दिदै सरकार

  • सोमवार, चैत्र ४, २०७५
शिक्षक लाइसेन्सको सट्टा अब शिक्षकलाई एक वर्षे पेशागत तालिम दिदै सरकार

४ चैत, काठमाडाैँ । सरकारले शिक्षण अध्यापन अनुमतिपत्रको विकल्पमा आगामी आर्थिक वर्षदेखि शिक्षकका लागि खुल्ला सिकाइमा आधारित एक वर्षे पेशागत तालिम सञ्चालन गर्ने भएकाे छ । तालिम लिएकाले शिक्षक बन्न अनुमतिपत्रको परीक्षा दिनुपर्ने वा शिक्षा शास्त्र सङ्कायमा अध्ययनको अनिवार्यताको अन्त्य हुनेछ ।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले सञ्चालन गर्ने सो तालिम सञ्चालनका लागि पाठ्यक्रम र आवश्यक सामग्री आउँदो वैशाखभित्र विकास गरी नयाँ आर्थिक वर्षमा कार्यान्वयनमा ल्याइने भएको छ ।

तालिम सञ्चालनका लागि केन्द्र र खुला विश्वविद्यालयबीच समझदारी भएको केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताएका छन् । केन्द्रका महानिर्देशक पौडेल विश्वविद्यालयका उपकुलपति प्रा डा लेखनाथ शर्माको उपस्थितिमा केन्द्रका उपमहानिर्देशक खगेन्द्रप्रसाद नेपाल र विश्वविद्यालयका डीन प्राडा रामचन्द्र पौडेलले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

महानिर्देशक पौडेलले विएड वा सोसरह शैक्षिक योग्यता हासिल नगरे पनि माध्यमिक तहमा अध्यापनरत शिक्षकहरु यस व्यवस्थाबाट लाभान्वित हुने बताउँदै प्राविधिक धारका विद्यालयमा अध्यापनरत प्राविधिक जनशक्तिलाई लक्षित गरेर तालिम सञ्चालनको तयारी गरिएको जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार