शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको धर्ना

कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको धर्ना

  • सोमवार, चैत्र ४, २०७५
कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको धर्ना

काठमाडौं ४ चैत्र : नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद अनुसार निर्णय गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघ नेताले धर्ना दिएका छन्।

पार्टी केन्द्रीय समिति बैठक बस्नु अघि नै सोमबार पार्टी कार्यालय सानेपामा पुगेका नेविसंघ नेताले ३२ वर्षे उमेरहद लागू गर्न माग गर्दै धर्ना दिएका हुन्।

पार्टीको अन्तरिक विवादका कारण यसअघि स्थगीत भएको केन्द्रीय समिति बैठक सोमबारका लागि बोलाइएको थियो। बिहान ११ बजेका लागि बोलाइएको भए पनि बैठक भने दिउँसो २ बजेसम्म बस्न सकेको छैन।

कांग्रेस भित्र अनुशासन समिति, निर्वाचन समिति सँगै नेविसंघ नेतृत्वको विवादमा शीर्ष नेता विभाजित छन्। यही विवाद लम्बिदै जाँदा बैठक अनिश्चित बनेको हो।

अन्नपूर्णपोष्टबाट

चर्चामा

सम्बन्धित समाचार