शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका ९ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

बडीमालिका ९ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

  • सोमवार, चैत्र ४, २०७५
बडीमालिका ९ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी

मदन वि.क.
बाजुरा ४ चैत्र
बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्ने तयारी गरिएको छ ।
बडीमालिका नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष विनोद कुमार विकको अध्यक्षतामा बसेको बैठकले परम्परादेखि चलि आएको महिला हिंसाको मुख्य जराको रुपमा रहेको छाउपडी प्रथा उन्मुलनका वडा नं. ९ लाई छाउपडी गोठ मुक्त वडा घोषणा गर्न लागेको हो ।
महिलाहरुलाई छाउ वा महिनावारी हुँदा घर भन्दा टाढा राख्ने गर्नाले बलात्कारका घटना हुने, विभिन्न किसिका रोगबाट संक्रमित भई ज्यानै जाने अवस्था भएकाले महिलाहरुको स्वास्थ्यलाई ख्याल गर्दै बडीमालिका नगरपालिका वडा नं. ९ लाई छाउपडी गोठमुक्त घोषणा गर्ने अभियानमा लागेको वडा अध्यक्ष विनोद कुमार विकले बताएका छन् ।


छाउपडी गोठ मुक्त वडा घोषणा गर्नका लागि वडा नं. ९ का वडा सदस्यहरुको संयोजकत्वमा ५ वटा गाँउ–टोलमा चैत्र १० गते अनुगमन टोली अनुगमन गर्ने निर्णय गरेको वडा अध्यक्ष विकले बताए ।
अनुगमन टोलीले वडा भित्र रहेका ५ वटै टोल भित्र रहेका सबै घरधुरीहरुको पहिचान गर्ने र महिनावारी भएको बेला महिलामाथि गरिने व्यवहार, छाउपडी महिलाहरुको अवस्था, छाउगोठको अनुगमन गर्ने छलफलमा निर्णय गरिएको ९ नम्बर वडा कार्यालयका अध्यक्ष विकले जानकारी दिए ।


बडीमालिका नगरपालिकाले महिलासँग उप–प्रमुख कार्यक्रम अन्र्तगत लैङ्गिक हिंसा, छाउपडी कुप्रथा, बाल विवाह र सामाजिक विभेद्को अन्त्यका लागि अभियानमुखि कार्यक्रम सञ्चालन गरिरहेको छ ।
२०७५ साल बैशाख २० गते सुदुरपश्चिमकै पहिलो छाउपडी गोठमुक्त वडाका रुपमा बडीमािलका नगरपालिकाको वडा नं. ३ रजालीलाई छाउपडी गोठ मुक्त वडा घोषणा गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार