• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • गाँउमै गर्भवतीलाई अल्ट्रासाउन्ड चेकजाँच

गाँउमै गर्भवतीलाई अल्ट्रासाउन्ड चेकजाँच

  • सोमवार, चैत्र ४, २०७५
गाँउमै गर्भवतीलाई अल्ट्रासाउन्ड चेकजाँच

बडिमालिका समचार
बाजुरा, ४ चैत
बडिमालिका नगरपालिका ५ मनाकी विर्मा थापाले गाँउमै अल्ट्रासाउन्ड सेवा पाएकि छन् । उनि गर्भवति भएको ८ महिना पछि पहिलो पटक अल्ट्रासाउन्ड सेवा पाएको वताएकि छन् । यो सेवा लिन जिल्ला अस्पताल बाजुरामा पुग्नु पर्ने गरेको थियो, गाँउमै स्वास्थ्यकर्मी आएर यो सेवा लिएको विर्माले वताईन् ।
विर्माको अल्ट्रासाउन्ड (भिडीयो एक्सरे) बाट बच्चाको अबस्था बारेमा स्वास्थ्यकर्मीले जानकारी लिएर उनलाई सुझाब सल्लाह दिएको सिनेर अनमि ललिता थापाले वताएकि छन् । बडिमालिका १ कि अम्बीका दानिले पनि गाँउमै अल्ट्रासाउन्ड सेवा लिएकि छन् । जिल्ला अस्पताल पुग्न मात्र एकदिन लाग्ने गरेको छ, त्यसैमा गर्भवती जान समस्या हुने गरेको थियो । तर गाँउमै स्वास्थ्यकर्मी आएपछि सेवा लिएको अम्बीका दानिले वताएकि छन् ।
नेपाल सरकारले प्रत्येक स्थानिय तहमा ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालनमा ल्याएपछि दुर्गम गाँउका महिला पनि अल्ट्रासाउन्ड बाट सेवा लिने गरेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् । दुर्गम ठाँउमा तालिम प्राप्त स्वास्थ्यकर्मी गएर सेवा दिने गरेको दिपक शाहले वताए । यो सेवाले दुर्गमका महिलालाई निकै सहज भएको वताए ।
दुर्गम पहुँच भन्दा बाहिर रहेका महिलाहरुलाई यो सेवा बाट लाभाबिन्त हुने गरेको सिनेर अनमि ललिता थापाले वताएका छिन् । गर्भवती महिलाको पेटमा जन्मेको बच्चाको अबस्थाको बारेमा जानकारी हुने, अप्ठयारो अबस्था भएमा जिल्ला अस्पतालमा रिफर गर्ने गरेको ललिताले वताएकि छन् । उनका अनुसार बडिमालिका नगरपालिकामा मात्र ७६ जनाले गाँउमै यो सेवा लिएको वताईन् । त्यस्तै त्रिबेणी नगरपालिकामा मात्र दुई महिना १ सय ३४ जना सुत्केरी महिलाले सेवा पाएको उनले वताईन् ।
जिल्लाका दुर्गम गाँउ पालिका हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ, गौमुल गाँउपालिका महिलाहरुलाई पनि घरमै पुगेर सेवा दिने गरेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । आमा बच्चाको मृत्युदर घटाउनुका साथै उनिहरु स्वास्थ्य जाँच गरि जटिल रहेका केशलाई सुबिधा सम्पन्न ठाँउमा पठाउने रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका सिनेर अहेब टेक बहादुर खड्काले वताएका छन् । अल्ट्रासाउन्ड मेसीन सानो भएकाले बोकेर गाँउ गाँउमा पुयाउन सकिने रहेको छ । बिजुली नभएपनि डेढ घण्टा सम्म काम गर्ने गरेको स्वास्थ्यकर्मीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार