शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रवास
  • राष्ट्रपति भण्डारीलाई विशेष महत्व दिंदै चीन

राष्ट्रपति भण्डारीलाई विशेष महत्व दिंदै चीन

  • सोमवार, चैत्र ४, २०७५
राष्ट्रपति भण्डारीलाई विशेष महत्व दिंदै चीन

तातोपानीको ‘स्विच अन’बेइजिङबाट

काठमाडौं  : चीनले महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड ईनिसिएटिभ्स (बीआरआई) को दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष महत्व र सम्मान दिने भएको छ। चीनले नेपालका राष्ट्रपतिलाई बेइजिङमा पहिलोपल्ट रातो कार्पेट बिछ्याउन लागेको हो।

अघिल्ला राष्ट्रपति डा. रामबरण यादबले दुईपटक चीन भ्रमण गरे पनि बेइजिङमा आमन्त्रण भएको थिएन। चीनले दक्षिण एसियाको ढोकाका रुपमा नेपाललाई प्रस्तुत गर्दै राष्ट्रपतिलाई उच्च प्राथमिकता राखेर भ्रमणलाई दुईपक्षीय बनाउने भएको छ। त्यस क्रममा प्रधानमन्त्रीको केपी शर्मा ओलीको भ्रमणमा भएका सहमतिलाई कार्यावन्यनमा लैजाने छुट्टै समझदारीसमेत हुनेछ।

राष्ट्रपतिको भ्रमणमा चीनले विकसित मुलुकका राष्ट्र प्रमुखलाई सरह महत्व र सम्मान दिने तयारी गरेको छ। यसअघि परिवहन तथा पारवहन सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिइसकेको भएपनि राष्ट्रपतिको भ्रमणपछि कार्यावन्यनमा ल्याउने गरि प्रक्रिया अघि बढेको छ। राष्ट्रपतिको चीन भ्रमणलाई दुईपक्षीय औपचारिक बनाउँने र सम्मेलनमा समकक्षी सी चीन फिङसँगै उपस्थित गराने तयारी बेइजिङको छ।

नेपालले यसपटकको राष्ट्रपति भ्रमणमा चीनलाई नाका जोड्ने स्थानलाई ब्यवस्थित गरिदिने र रेलमार्गमा अनुदान सहयोग गर्न आग्रह गर्ने तयारी छ। कूटनीति स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई ग्रेटहलमा स्वागत गरिनेछ।

चिनियाँ राजदूत होउ याङ्छीले राष्ट्रपति भण्डारीलाई भेटेर भ्रमणको तयारीमा चीन लागिसकेको जानकारी गराइसकेको स्रोतले बतायो। भ्रमणका क्रममा तातोपानी नाका खुला गरेको सांकेतिक रुपमा संयुक्त ‘स्विच अन’ गर्ने विषयमा छलफल भइरहेको छ। भुकम्पपछि उक्त नाका बन्द छ।

त्यहाँ सामान ल्याउने लैजाने गरि भेहिकल आवागमन वैशाखदेखि आरम्भ गर्ने तयारी छ। दुवै तर्फ भौतिक पूर्वाधार बनाउने कार्य भइरहेको छ। चीनको सहयोगमा नयाँ पुल निर्माण पनि अघि बढेको छ।

नवीन रेशममार्गको रुपमा परिचित गराउदै १ सय २३ मुलुक तथा २९ अन्तराष्ट्रिय संगठनलाई बीआरआईमा चीनले आबद्ध गराईसकेको छ।

नेपालले बीआरआईमा आफ्नो प्रतिवद्धता जनाइसकेको र यहाँ आउने परियोजना पनि त्यही अन्तरगत हुने स्पष्ट छ। आगामी दिनमा चीनले बीआरआईमा अझै धेरै मुलुकहरू आबद्ध गराउने रणनीति तय गरेको छ।

न्यूयोर्क स्थित राष्ट्रसंघिय मुख्यालयमा महिला सम्वन्धि कार्यक्रममा सहभागि भएर फिरेलगत्तै राष्ट्रपति भण्डारीको बेइजिङको तयारी अघि बढेको हो। चिनिया राष्ट्रपतिसँग हुने भेटवार्तामा कुनै न कुनै प्रकारको सहयोग सम्झौतामा हस्ताक्षर हुनेछ। यसका लागि विभिन्न क्षेत्रको अध्ययन भइरहेको स्रोतले जनायो। बीआरआई सम्मेलनमा राष्ट्रपति सी सँगैको लहरमा राष्ट्रपति भण्डारी मञ्चमा रहने ब्यवस्था हुनेछ।

‘चीनले भव्य मन्च बनाइरहेको छ। एक महिनापछि हुने उक्त सम्मेलनका लागि सबै तयारीहरु अघि बढेको छ,’ बेइजीङ स्थित नेपाली दूतावासका अधिकारीले जानकारी दिंदै भने, ‘चिनिया राष्ट्रपतिले केही राष्ट्र एवं सरकार प्रमुखहरुसँग छुट्टै गोलमेच गर्ने छन। त्यसमा राष्ट्रपति भण्डारीको सहभागिता रहने छ।’

अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार