मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • दलित समुदायले चलाएको बिद्यालय आर्थिक अभाबमा अलपत्र

दलित समुदायले चलाएको बिद्यालय आर्थिक अभाबमा अलपत्र

  • सोमवार, चैत्र ४, २०७५
दलित समुदायले चलाएको बिद्यालय आर्थिक अभाबमा अलपत्र

प्रकाश सिंह
बाजुरा, ३० फागुन
बुढिगंगा नगरपालिका १० मा रहेको मष्टेश्वरी प्राबि आर्थिक अभाबमा अलपत्र अबस्थामा परेको छ । भौतीक पुर्वाधार अभाब र जनशक्क्ति अभाब बिद्यालयनै अलपत्र अबस्थामा रहेको स्थानिय मिना बिकले वताएकि छन् ।
२०६६ सालमा स्थापना भएको बिद्यालयमा पुरै दलित समुदायले सञ्चालन गर्दै आएका थिए । सरकारले अनुमति मात्र दियो, तर अन्य कुनै पनि सहयोग नगरेको बिद्यालयका प्रअ लोकेश बिकले वताएका छन् । कक्षा १ मा ३६, २ कक्षामा २५ र कक्षा ३ मा २९ जना बिधार्थी अध्यनरत रहेका छन् । भवन अभाबमा कक्षा १ र २ कक्षाका बिद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरेको शिक्षिका सिता साउदले वताएकि छन् । त्यहि पनि ठाँउ नभएर कोचा कोच हुने गरेको उनले वताईन् ।
५१ परिवारले दलित भारतमा चौकीदारी गरेर बिद्यालय चलाउदै आएका थिए । भारतमा कालिका सामुदायिक सुसाईटि सञ्चालन गरेर बिद्यालयको स्थापना गरेको थियो । सोसाईटि मार्फत २ लाख ५० हजारको भवन निर्माण गरेको थियो, हाल त्यो जिर्ण अबस्था रहेको छ । बिद्यालयमा तिन जना शिक्षक रहेका छन्, तिनै जनालाई पहिला सोसाईटि बाट तलब दिने गरेका थिए, अहिले त्यो सोसाईटि पनि आर्थिक नभएपछि शिक्षकले तलब खान नपाएको १८ महिना भएको शिक्षिका निर्मला विकले वताईन् । उदारोमा पनि कति काम गर्ने उनले थपिन् ।
प्रति शिक्षक ४ हजारका दरले ३ जनाको एक महिनाको १२ हजार हुने गरेको छ, चार हजार मासिक तलबले हामी काम गर्छौ, त्यहि पनि १८ महिना देखी तलब नै खान नपाएको प्रअ लोकेश बिकले वताएका छन् । आफ्नै ठाँउको बिद्यालयमा सहयोग गरौ भन्ने भावनाले आफुहरुले थोरै तलबमा काम गर्ने गरेका छौ, त्यहि पनि तलब खान नपाएको लामो समय भइसकेको उनले वताए । अर्को भौतिक पुर्वाधार अदलित

चर्चामा

सम्बन्धित समाचार