शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • विप्लव समूहलाई सरकारले चिन्दैन : प्रधानमन्त्री

विप्लव समूहलाई सरकारले चिन्दैन : प्रधानमन्त्री

  • आइतवार, चैत्र ३, २०७५
विप्लव समूहलाई सरकारले चिन्दैन : प्रधानमन्त्री

मन्त्रिपरिषद पुनर्गठन हुँदैन

विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था भएको बताए । ‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो, सरकारले चिन्दैन’ उनले भने ।

प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको जानकारी दिए । विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन प्रधानमन्त्रीले नेताहरुलाई आग्रह गरे ।

‘नेपालका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैँलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, उनको पार्टी कही दर्ता भएको थियो र ? दर्ता छैन ।नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो’ प्रधानमन्त्री ओलीले भने, ‘बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने । बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ ।’

कसैले रुवाबासी गरे पनि सरकारले विप्लव समूहलाई निषेध मात्र होइन नियन्त्रण नै गर्ने उनले बताए ।

उनले शान्ति सुरक्षा प्रदान गर्न सरकार दृढ रहेको बताउँदै कुनै पनि बाहनामा शान्ति सुरक्षा खलबबलाउन खोज्ने तत्वलाई सरकारले नछाडने बताए ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमंत्री ओलीले पार्टी एकताको विषय अन्तिम चरणमा पुगेको वताए । उनले पार्टी एकताका विषयमा प्राय सवै विषयमा टुंगो लागि सकेको पनि दावी गरे ।

मन्त्रिपरिषद पुनर्गठन हुँदैन

प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताए । ‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो’ उनले भने ‘पुनर्गठन हुँदैन ।’

 

चर्चामा

सम्बन्धित समाचार