शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बिहान खाली पेटमा काँचो लसुन खाँदा हुने यी चमत्कारिक फाइदाहरु, थाहा पाउनुहोस्

बिहान खाली पेटमा काँचो लसुन खाँदा हुने यी चमत्कारिक फाइदाहरु, थाहा पाउनुहोस्

  • शनिबार, चैत्र २, २०७५
बिहान खाली पेटमा काँचो लसुन खाँदा हुने यी चमत्कारिक फाइदाहरु, थाहा पाउनुहोस्
२. पेटसम्बन्धी समस्याहरुलाई हटाउनु: लसुन सेवन गर्नाले पेटसम्बन्धी समस्याहरु जस्तै डायरिया र कब्जियत लगायतमा लाभ मिल्छ। यसको लागि बिहान खाली पेटमा काँचो लसुन चपाएर खानुहोस्। जसले डायरिया र कब्जियत जस्ता समस्याहरुबाट आराम मिल्छ। साथै लसुनले पेटको विकार पदार्थहरुलाई हटाउन मद्धत गर्छ। त्यसकारण यदि पेट सम्बन्धी केहि समस्या छ भने लसुनको सेवन गर्नु एकदम उपयोगी हुन्छ।

लसुन हरेकको घरको भान्सामा पाइने एक अति आवश्यक चिज हो। हामी तरकारी पकाउँदा लसुनलाई अनिवार्य रुपमा प्रयोग गर्छौं। लसुनले तरकारीको स्वाद र सुगन्धलाई बढाउनुका साथै यो एक अचुक आयुर्वेदिक औषधी पनि हो। यसले खानाको स्वाद त बढाउँछ नै। साथै हाम्रो शरीरलाई कयौँ बिमारीहरुबाट पनि बचाई राख्न मद्धत गर्दछ। यसलाई तरकारीमा हालेर खाँदा त फाइदा छँदै छ तर काँचो नै चपाएर खाँदा हाम्रो शरीरमा दश गुणा बढी फाइदा मिल्छ। लसुनले रुघाखोकी देखि लिएर मुटुसम्बन्धी रोगहरुबाट बचाउन मद्धत गर्छ। बिहान खाली पेटमा काँचो लसुन चपाएर खाँदा कयौँ अद्भुत फाइदाहरु मिल्छ। हेर्नुहोस् बिहान खाली पेटमा काँचो लसुन चपाएर खाँदा हुने यी चमत्कारिक फाइदाहरु, जसले हटाउँछ यी ७ रोगहरु। यसको लागि २-३ केस्रा काँचो लसुन बिहान खाली पेटमा चपाई चपाई खानुपर्ने हुन्छ। १. उच्च रक्तचाप भएका बिमारीको लागि लाभदायी: उच्च रक्तचापको समस्या भएका बिमारीहरुको लागि लसुन एकदम लाभदायी चिज हो। यसले ब्लड सर्कुलेशनलाई नियन्त्रण गर्न मद्धत गर्छ। उच्च रक्तचाप भएका व्यक्तिहरुलाई लसुन खान सल्लाह पनि दिन्छन्। बिहान खाली पेटमा काँचो लसुन खाएमा यो समस्याबाट छुटकारा दिलाउन मद्धत गर्छ। २. पेटसम्बन्धी समस्याहरुलाई हटाउनु: लसुन सेवन गर्नाले पेटसम्बन्धी समस्याहरु जस्तै डायरिया र कब्जियत लगायतमा लाभ मिल्छ। यसको लागि बिहान खाली पेटमा काँचो लसुन चपाएर खानुहोस्। जसले डायरिया र कब्जियत जस्ता समस्याहरुबाट आराम मिल्छ। साथै लसुनले पेटको विकार पदार्थहरुलाई हटाउन मद्धत गर्छ। त्यसकारण यदि पेट सम्बन्धी केहि समस्या छ भने लसुनको सेवन गर्नु एकदम उपयोगी हुन्छ। ३. पाचन प्रक्रिया बलियो बनाउनु: बिहान खाली पेटमा काँचो लसुन चपाएर खाँदा पाचनप्रक्रिया राम्रो हुन्छ र पाचन शक्ति पनि बढाउँछ। ४. तनाव वा स्ट्रेस हटाउनु: कतिपय अवस्थामा हाम्रो पेटमा यस्तो एसिड बन्छ कि जसको कारण हामी डराउने र टेन्सन हुने गर्छन्। त्यसकारण यदि बिहान खाली पेटमा लसुन चपाएर खाएमा यस्तो खालको एसिड बन्न दिंदैन र टेन्सन पनि दुर हुन्छ। ५. दाँत दुखाईबाट छुटकारा पाउनु: लसुनमा एन्टीब्याक्टेरियल र दुखाई कम गर्ने गुण पाइन्छ। त्यसकारण यदि दाँत दुखेको छ भने दुखेको दाँतको माथि राखेर लसुन चपाएर खानुहोस्। यसो गर्नाले दुखाई तुरुन्तै हट्छ। ६. रुघाखोकीमा राहत: रुघाखोकी, निमोनिया र अस्थमा जस्ता बिमारीहरुका लागि लसुनले प्राकृतिक औषधी जस्तै काम गर्छ। त्यसकारण यी रोगहरुबाट बच्नको लागि बिहान खाली पेटमा २-३ केस्रा काँचो लसुन चपाएर खानुहोस्। ७. १. मुटु सम्बन्धी रोगहरुको लागि लसुन फाइदाजनक हुन्छ। लसुनले मुटु सम्बन्धी समस्याहरुलाई दुर गर्छ र हृदयघात हुने खतरा कम गर्छ।

चर्चामा

सम्बन्धित समाचार