शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • जन्मदिनको अवसरमा असायलाई उपहार

जन्मदिनको अवसरमा असायलाई उपहार

  • शनिबार, चैत्र २, २०७५
जन्मदिनको अवसरमा असायलाई उपहार

बडीमालिका खवर
बाजुरा २ चैत्र
बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा न –८ मार्तडीका एक युवकले आफ्नो जन्मदिनको अवसरमा उपहार वितरण गरेका छन । आफ्नो जन्मदिनको अवसर पारेर युवकले असायका लागि उपहार वितरण गरेका हुन् ।


बडीमालिका नगरपालिकाका यूवा सन्तोस सिहंले आर्थिक अवस्था कमजोर भएको १ परिवारका लागी राहत स्वरुप उपहार बितरण गरेका छन । अतिविपन्न परिवारलाई खाद्यन्न तथा उनका छोराछोरीका लागी स्टेशनरी सहयोग गरिएको युवा सन्तोश सिहंले बताएका छन । सदरमुकाम मार्तडीको बाउली खेलामा गिट्टी कुटेुर जिविका चलाई रहेकी जर्मकला शाहीको परिवारलाई आप्नो २४ औँ जन्मउत्सवको अवसर पारेर उपहार स्वरुप राहत साम्रगी बितरण गरिएको उनले बताए । उपहार स्वरुप विद्यालय जानेका लागी स्टेशनरी र घरपरिवारका लागी ५ केजी दाल ५० केजी चामल र खाजाका लागी भनेर एक पेटी वाईवाई चाउचाउ समेत वितरण गरेका छन् ।


जन्मदिन तथा अन्य शुभ कार्यहरुमा फजुल खर्च गर्नु भन्दा यस्ता कार्यमा खर्च गर्दा असायहरुका लागी सहयोग प्राप्त हुनुका साथै आफुलाई हौसला र प्रेरणा पनि मिल्ने र आफूलाई पनि खुसीको महसुस हुने सिहंको भनाई रहेको छ । आफ्नो मेहनतको कमाइले आफूले आसयलाई उपहार दिएको र उपहार पाएपछि असाय परिवारका मान्छे खुसी हुँदा आफूलाई पनि आनन्द लागेको सिहंले बताएका छन ।
जन्म दिनमा पार्टी दिएर पैसा खर्च गर्नुभन्दा असायहरुको अवस्थामा सुधार ल्याउन आफूले सहयोग गरेको सिहंकोे भनाई रहेको छ । सहयोगका क्रममा असाय परिवाले सिहंलाई जन्मदिनको शुभकामना तथा दीर्घ जीवनको कामना गरेका थिए ।

सिहंले पछिल्लो समय त्रिचन्द क्याम्पसबाट ब्याचुलर अध्यायन सकिएपछी समाजसेवामा सक्रिय रहेको उनका आफन्त मार्टिन शाहले बताए । तत्कालिन नेपाल कमिन्यूष्ट पार्टी एमालेको बिद्यार्थी संगठन कन्चनपुर काठमाण्डौँ सम्र्पक मन्चको अध्यक्ष हुँदै हाल समाज सेवामा उत्प्रेण मिलेको उनले बताएका छन । राजनिती संगै समाजको सेवामा लाग्ने उनको चाहानाले असहाय, बालबालिकालाई सहयोग हुनका साथै समाज परिर्वतनमा सहयोग पुग्ने उनका आफन्त र शुभचिन्तकले बताएका छन् । यस्तो कार्य गर्न पाएकोमा मन प्रफुल्ल हुनुका साथै आफूलाई खुशी लागेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार