शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • देशभरका यी ५५ अस्पतालबाट मिर्गौला रोगको उपचार र निःशुल्क डायलाइसिस सेवा पाइन्छ

देशभरका यी ५५ अस्पतालबाट मिर्गौला रोगको उपचार र निःशुल्क डायलाइसिस सेवा पाइन्छ

  • शुक्रबार, चैत्र १, २०७५
देशभरका यी ५५ अस्पतालबाट मिर्गौला रोगको उपचार र निःशुल्क डायलाइसिस सेवा पाइन्छ

काठमाडौं- नेपालमा कुल जनसंख्याको १० प्रतिशत अर्थात झन्डै ३० लाख मानिसमा कुनै न कुनै रुपमा मिर्गौलाको समस्या रहेको अनुमान गरिएको छ। यीमध्ये तीन लाखको मिर्गौला  बिग्रीरहेको छ। नेपालमा प्रत्येक वर्ष मिर्गौला उपचारमा ३ हजार नयाँ बिरामीहरु थपिने गरेका छन्। यस्तै, ४ हजार भन्दा बढी मानिसले डायलाइसिस गरिरहेका छन्।

सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख सहुलियत रकम सहयोग गर्दै आइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौला प्रत्यारोपण र डायलाइसिस तथा उपचारका लागि अस्पतालहरुलाई सूचिकृत गरेको छ। मिर्गौलाको उपचार र डायलाइसिसका लागि मन्त्रालयले ५५ वटा अस्पताललाई सूचिकृत गरेको छ। यी अस्पतालबाट विपन्न बिरामीले उपचार र निःशुल्क डायलाइसिस सेवा पाउने छन्।

आवश्यक कागजी प्रक्रिया पुरा गरेका विपन्न बिरामीको उपचारका लागि सरकारले सूचिकृत गरेका ५५ अस्पतालमध्ये काठमाडौं उपत्यका भित्र १३ वटा छन् भने उपत्यका बाहिर ४२ वटा छन्।

यही ५५ अस्पताल र डायलाइसिस सेन्टर
१) वीर अस्पताल, काठमाडौँ –मिर्गौला रोग र डायलाइसिस
२) त्रिवि शिक्षण अस्पताल, काठमाडौँ महाराजगञ्ज– मिगौला रोग, डायलाइसिस
३) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान  पाटन ललितपुर – मिगौला रोग, डायलाइसिस
४) वि पी  कोइराला  स्वास्थ्य विज्ञान प्रतिष्ठान  धरान – मिर्गौला रोग, डायलाइसिस
५) कान्ती बाल अस्पताल काठमाडौँ – मिगौला रोग, डायलाइसिस

६) मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर– मिगौला रोग, डायलाइसिस
७) पोखरा स्वास्थ्य  विज्ञान प्रतिष्ठान  पोखरा – डायलाइसिस
८) नारायणी उपक्षेत्रिय अस्पताल बीरगञ्ज –  डायलाइसिस
९) राप्ती उपक्षेत्रिय अस्पताल घोराही दाङ – डायलाइसिस
१०) कोशी अञ्चल  अस्पताल, विराटनगर – डायलाइसिस

११) जनकपुर अञ्चल अस्पताल  जनकपुर – डायलाइसिस
१२) भेरी अञ्चल अस्पताल, नेपालगञ्ज – डायलाइसिस
१३) सेती अञ्चल अस्पताल, धनगढी –  डायलाइसिस
१४ नेपाल मेडिकल कलेज,जोरपाटी – डायलाइसिस
१५गण्डकी मेडिकल कलेज ,पोखरा – डायलाइसिस

१६) युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस,भैरहवा रुपन्देही – डायलाइसिस
१७) चितवन मेडिकल  कलेज ,शिक्षण अस्पताल,चितवन – डायलाइसिस
१८) कलेज अफ मेडिकल साइन्सेस भरतपुर,चितवन–  डायलाइसिस
१९) नेपालगञ्ज मेडिकल  कलेज  नेपालगञ्ज  – डायलाइसिस
२०) मणिपाल शिक्षण अस्पताल,पोखरा  कास्की – डायलाइसिस

२१) राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थली,काठमाडौँ – डायलाइसिस
२२) गोल्डेन अस्पताल प्रा लि विराटनगर मोरङ – डायलाइसिस
२३) वि एण्ड वि अस्पताल, ललितपुर – डायलाइसिस
२४) आरोग्य स्वास्थ्य  प्रतिष्ठान, पुल्चोक ललितपुर –  डायलाइसिस
२५) नेसनल डायलाइसिस सेन्टर काठमाडौं – डायलाइसिस

२६) सिद्धार्थनगर  सिटि हस्पिटल, बुटवल – डायलाइसिस
२७) अल्का अस्पताल, जावलाखेल  ललितपुर – डायलाइसिस
२८) गौतमबुद्ध सामुदायिक  मुटु अस्पताल  बुटवल  रुपन्देही – डायलाइसिस
२९) चरक मेमोरयल  हस्पिटल पोखरा कास्की – डायलाइसिस
३०) हिमाल हस्पिटल प्रालि बानेश्वर काठमाडौँ – डायलाइसिस

३१) बयोदा हस्पिटल बल्खु काठमाडौँ – डायलाइसिस
३२) भेनस अस्पताल  काठमाडौँ – डायलाइसिस
३३) नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर – डायलाइसिस
३४) विरेन्द्र सैनिक अस्पताल छाउनी, काठमाडौँ – डायलाइसिस
३५) सुमेरु सामुदायीक अस्पताल,धापाखेल ललितपुर – डायलाइसिस, मिर्गौला रोग

३६) ग्राण्डि अस्पताल धापासी काठमाडौँ – डायलाइसिस
३७) नेपाल स्वास्थ्य  विकास तथा अनुसन्धान सहकारी लि, विराटनगर मोरङ – डायलाइसिस
३८) क्रिमसन अस्पताल मनिग्राम रुपन्देही– डायलाइसिस
३९) ग्रिन सिटि अस्पताल काठमाडौँ  –डायलाइसिस
४०)  ओम हस्पिटल  एण्ड रिसर्च सेनटर काठमाडौँ – डायलाइसिस

४१) लेकसिटी हस्पिटल  एण्ड  क्रिटिकल केयर पोखरा – डायलाइसिस
४२) पुर्णटुङ विर्तासिटि अस्पताn,विर्तामोड, झापा – डायलाइसिस
४३) मेची अञ्चल अस्पताल भद्रपुर  झापा  – डायलाइसिस
४४) जानकी हेल्थ केयर अस्पताल, जनकपुरधाम धनुषा – डायलाइसिस
४५) धुलीखेल  अस्पताल, काभ्रे  – डायलाइसिस

४६) विराटनगर अस्पताल, विराटनगर  – डायलाइसिस
४७) ओमसाई पाथीभारा हस्पिटल, भद्रपुर झापा – डायलाइसिस
४८) किष्ट मेडिकल कजेज, ललितपुर – डायलाइसिस
४९) नेपाल प्रहरी अस्पताल, काठमाडौँ – डायलाइसिस
५०) ब्लुक्रस हस्पिटल, त्रिपुरेश्वर काठमाडौं – डायलाइसिस

५१) मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल, सुर्खेत – डायलाइसिस
५२) धौलगिरी अञ्चल अस्पताल, बाग्लुङ – डायलाइसिस
५३) राप्ती अञ्चल अस्पताल, दाङ – डायलाइसिस
५४) कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला  – डायलाइसिस
५५) गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराज – डायलाइसिस

साभार स्वास्थ्य खबर बाट

चर्चामा

सम्बन्धित समाचार