बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • शिबिरबाट नौ सय बढीको स्वास्थ्य परिक्षण

शिबिरबाट नौ सय बढीको स्वास्थ्य परिक्षण

  • बिहिबार, फाल्गुन ३०, २०७५
शिबिरबाट नौ सय बढीको स्वास्थ्य परिक्षण

बडीमालिका खवर
बाजुरा ३० फागुन: बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चौकीमा दुई दिने आङ खस्ने (पाठेघर) सम्बन्धि निशुल्क स्वास्थ्य शिविर हिजोबाट शुरु भएको छ । अती गरिव तथा जिल्ला बाहिर जान नसक्नेका लागी सो शिबिर संचालन गरिएको हो ।
शिविरको आयोजना शुदुरपश्चिमेली नेपाली समाज प्रबासी नेपालीहरुको समुहले गरेको बताईएको छ । बुढिगंगा नगरपालिकाको संयोजन तथा मायामेट्रो हस्पिटल प्रालिकाको प्राबिधीक सहयोगमा शिविर संचालन गरिएको बुढिगंगा नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत्त दीपक शाहले बताएका छन । फागुन २९ र ३० गते दुुई दिनसम्म सञ्चालन भएको उक्त सिविरमा महिलाको स्वास्थ्य अवस्थालार्ई मध्य नजर गरी आंङ खस्ने (पाठेघर) सम्बन्धी स्वास्थ्य परिक्षण गरी उपचार गरिएको सुदुपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेत्तन थापाले बताए । दुुई दिन सम्म सञ्चालन भएको उक्त सिविरमा ९ सय जनाले नाम दर्ता गराएका थिए । ७ सय १० जना विरामीको चेक जांच भएको थियो । जसमा सर्जरी १० जना, सेकेन्ड डिग्रीमा ३५ जना, थर्ड डिग्रीमा ३५ जना, चौथो डिग्रीमा २ जना विरामी रहेको र बांकी अरु सामान्य रहेको मायामेट्रो हस्पिटल प्रालिकाको प्राबिधीक समुहले वताईएको छ ।
त्यसैगरी विगत ६ वर्ष देखि रिङ्गपेसेरी अर्थात योनाअङ्गंमा रवरको चुरी राखेको तर ननिकाल्दा समस्या उत्पन्न देखिएकोले सुविधायुक्त स्वास्थ्यमा पठाईने आयोजक संस्थाका नेपाल संयोजक चेत्तन थापाले बताएका छन । डाक्टर संगिता भण्डारीका अनुसार जनचेतनाको कमी, बालविबाह र घ¥यासीकामको बोझका कारण पाठेघर सम्बन्धिका विरामी धेरै भएको उपचारको क्रममा पाईएको छ । १० जना सर्जरीको लागी शुदुरपश्चिमेली नेपाली समाजको आर्थिक सहयोगले नै निशुल्क उपचार गरिएको आयोजकले बताएको छ । चेक जांचका क्रममा अधिकांस विरामी सामान्य अवस्थामा रहेकाले औषधि दिएर पठाएका छौं ,गम्भीर प्रकृतीका केही बिरामीलाई सल्यक्रियाको लागि धनगढी रिफर गरि निसुल्क उपचार गराएको मायामेट्रो हस्पिटलले बताएको छ । बाजुराका प्राय महिलाको पाठेघर अर्थात आंङ खस्ने विराम देखिएको डाक्टर विष्णु जैशीले बताए । तीन जना डाक्टर सहित दुुई नर्स र एक जना फार्मेसी लगायत ६ जना स्वास्थ्यकर्मी र १२ जना ब्यबस्थपन टिम गरी १८ जनाको टिम उपचारमा संलग्न रहेको आयोजक नेपाली समाजका नेपाल संयोजक थापाले बताए ।
आर्थिक अभावका कारण सुविधायुक्त स्वास्थ्य संस्थामा गएर उपचार गराउन नपाएका हामी महिलाका लागि सिविर निक्कै उपलब्धी रहेको त्रिबेणी नगरपालिका ४ की कौशिला साउँदले बताईन । घर परिवारबाट टाढा रहेर बिदेश गएका शुदुर पश्चिमेली दाजुभाईले आफ्नो खाजा खर्च बचाएर शुदुरपश्चिम जस्तो पिछडीएको ठाउको दुर्गम स्थानीय तहरुमा गएर निशुल्क सवास्थ्य शिबिर संचालन स्वास्थ्य चेकजांच गराउन पाएकोमा हामी खुुशी भएको बुढिगांगा नगरपालिका ९ की राजु सिंहले बताईन ।
कामको शिलशिलामा मुलुकका विभिन्न देशमा सुदुरपस्चिमेली नेपाली समाज भारत ,मलेसिया ,मकाउ ,कतार ,युएइ ,बहराइन, कुबेत, इजरायल ,जापान ,कोरिया ,अस्ट्रेलिया ,डेनमार्क ,अमेरिका ,क्यानाडा ,अफ्रीकामा बस्ने सुदुरपश्चिमेलीहरुको संयुक्त प्रयासले अर्थिक सहयोज जुटाएर शिबिरको आयोजना गरिएको थापाले बताए । प्रवासी नेपाली त्यसैमा सुदुरपश्चिम गरिवीको चपेटामा परेका नेपालीहरुले गर्ने यो कार्य असाध्यै राम्रो र स्वागत योग्य भएको बाजुराबासीले खुशी व्यक्त गरेका छन् ।
शिविर बाजुरा लगायतका सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लामा संचालन गरीने आयोजकका कोषाअध्यक्ष डम्मर बिश्वकर्माले बताएका छन । डोटी, बझाङ्ग यो भन्दा पहिले संचालन गरिएको र अन्य जिल्लाहरुमा क्रमस संचालन गरिने शुदुरपश्चिमेली नेपाली समाजका अध्यक्ष धनबहादुर बलायरले बताए । डोटी र बझाङ्ग भन्दा बाजुरामा पाठेघर सम्बन्धि बढी विरामी देखीएको मायामेट्रो हस्पिटल प्रालिका डा.विष्णु जोशीले बताए ।

चर्चामा

सम्बन्धित समाचार