शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पोका तेलले विस्तावित भयो तोरी खेती र कोल

पोका तेलले विस्तावित भयो तोरी खेती र कोल

  • बिहिबार, फाल्गुन ३०, २०७५
पोका तेलले विस्तावित भयो तोरी खेती र कोल

पदम सिंह
बाजुरा २८ फागुन । यती बेला तोरीको फुलले ढकमक्क पहेलीपुरी हुने बाजुराका खेतवारी यतिखेर गहुँ जौले मात्र हरियाली छन । तोरी खेती लगाउन छोडेपछी बाजुराका सबै गाउँतिर तोरी खेती नभएर गहुँ र जौ खेती मात्र देखीन थालेको छ । बजारमा पोकामा तेल पाउन थालेपछी गाउँमा पाउने सुद्ध तोरीको तेल बिस्तापित भएको हो । पहिले गाउँघरमा प्रत्येकका बारीमा तोरीको खेती गर्ने र कोलमा फेलेर तेल निकाल्ने चलन थियो । हाल आफैले उत्पादन गरेको पोषणयूक्त तोरीको तेल विरलै पाइन्छ । बजारमा सस्तो सजिलै पोका तेल खरिद गर्न पाउने भएपछि किसानहरुले खर्चिलो समय, तेल पेल्न अफ्टेरो हुनुका सथै कोलहरु पनी बिस्तापित बनेका छन । सहज रुपमा बजारमा तेल पाउन थाले पछी तोरी खेती बिस्तापित भएको पाइन्छ । किसानहरुलाई मिसावट युक्त पोका तेलबाट स्वास्थ्यमा हुने असरका बारेमा भने जानकारी नै छैन । जानकारी भएकाहरुले समेत तोरी लगाउन छोडी सकेको छन् । हाल तोरी खेती संगै परम्परागत तेल निकाल्ने कोल पनि लोप हुँदै गएको पाइन्छ ।
पहिले गाउँघरमा तोरी खेती गरेर उत्पादित दानाको अचार, कोलमा पेलेर तेल, पीना (छोक्रा तेल निकालेर बाँकी रहेको बस्तु) बाट कपडा र टाउको धुने गरिन्थ्यो । तोरीको व्यवसायिक खेती नहँुदा किसानलाई धेरै बेफाईदा भएको बारेमा कसैले चेतनाको अभाबका कारण तोरी खेती बिस्तापित भएको पाइन्छ । खर्चिलो संगै पोका तेल स्वास्थ्यलाई हानिकारक हो भन्ने आफुलाई जानकारी नहुदा तोरी खेती गर्न छोडेको बडिमालिका नगरपाकिला १ सल्लेनाकी ७० वर्षिया काली कार्कीले बताईन । ‘पैला हाम्रा दिनमी पोकाको तेल भन्याको देख्नु त पर जाओस नाम समेत सुन्याका छियाउनौ । केही त्यार (तिहार) आया पछि गाउँका महिला दिदि बहिनी र पुरुष मिलेर कोल पेलेर त्यार (तिहार) मनाउँदा छियौ कार्कीले आफ्नो भाषामा बडीमालिका खवरलाई बताईन ।’
पहिले अन्य तेल पाइदैन थियो तोरी खेती र ओखर तिर्खुलो लगाउतका बनस्पतीबाट नै घरलाई पुग्ने तेल निकालेर प्रयोग गरिन्थ्यो हाल पोका तेलले अहिलेका किसानलाई केही अल्छि पनि बनाएको उनको भनाइ छ । हाल गाउँघरमा पहिलेका भन्दा हाल जिल्लामा केही फाटफुट मात्र तोरी खेती गर्ने गरेको जिल्ला कृर्षि ज्ञान केन्द्रले बताएको छ । जिल्लाको अधिकांश स्थानीय तहहरु तोरी खेतीका लागि उपयुक्त रहेको भएपनि तोरी लगाउदैनन ।
बजारमा पाइने तोरीको तेल (उत्सव,सूर्यमुखी, धारा लगाएतका बजारमा सहज रुपमा पाउने हरेक प्रकाका तेलहरु) प्रति पोका ८० देखी १ सय रुपैयाँमा घर नजिकको पसलबाट किन्न पाइने भएपछि तोरी लगाउन छोडेको बुढा पाकाहरुले बताउने गरेका छन । तोरीको खेती कम भए संगै तेल पेल्ने कोल पनि लोप भएको छ भने माहुरीको संख्या पनि घट्दै गएको किसाहरु बताउँछन् । आफ्नै बारीमा उत्पादीत तोरी खेतीको महत्व बुझ्न नसकेका कारण किसानले यो खेती छोडेका छन । अव यसको महत्वबारे जानकारी गराराउनु पने कृर्षि ज्ञान केन्द्रको भनाई रहेको छ । तोरी खेती लोप हुन बाट बचाउँने हो भने जिल्लाबाट बाहिरिने धेरै आर्थिक स्रोत समेतको बचत हुने देखिन्छ । कृषकहरुलाई तोरी तेलका महत्व र फाइदा संगै व्यवसायी बनाउन सके कृषकहरुलाई तोरीखेती तर्फ आक्रशित गर्न सकिन्छ । समयमा सम्वन्धित पक्षको यसमा ध्यान जान जरुरी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार