शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • विप्लवलाई प्रतिवन्ध लगाउन प्रचण्डको पनि समर्थन !

विप्लवलाई प्रतिवन्ध लगाउन प्रचण्डको पनि समर्थन !

  • बिहिबार, फाल्गुन ३०, २०७५
विप्लवलाई प्रतिवन्ध लगाउन प्रचण्डको पनि समर्थन !

३० फागुन, काठमाडौं । विप्लव समूहलाई प्रतिवन्ध लगाइएको विषयमा नेकपाका शीर्षनेताहरुले नै प्रश्न उठाइरहेका बेला बिहीबार अध्यक्षसहित ५ शीर्षनेताको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक एकताबारे छलफल गर्न नेताहरुलाई बालुवाटारमा बोलाएका थिए ।

स्रोतका अनुसार दुबै अध्यक्षले तत्कालीन एमाले र माओवादीबाट ३/३ जना बोलाउने भनिएको थियो । एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहभागी भए । तर, माओवादीबाट नेताहरुलाई बोलाइएन ।

सांगठानिक एकताबारे हाम्रोतिर खासै समस्या नभएकाले अरु नेताहरु सहभागी नहुनु भएको हो’ अध्यक्ष प्रचण्डनिकट स्रोतले अनलाइनखबरसँग भन्यो ।

विप्लवबारे के भयो छलफल ?

सांगठानिक एकताबारे छलफल गर्न बोलाइएको भए पनि नेताहरुले सिके राउतसँग गरेको सहमति र विप्लवमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको विषयमा पनि उठाएका छन् ।

बैठकमा माधवकुमार नेपालसहितका नेताहरुले निर्णय गर्नुपूर्व पार्टीमा छलफल नभएको भन्दै प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्टि जनाएका थिए ।

प्रधानमन्त्री ओलीले भने विप्लव समूहमाथि प्रतिबन्ध लगाउनुपर्ने अवस्था आइसकेको स्पष्टीकरण दिएका छन् । सिके राउतसँग भएको सहमतिको पनि उनले बचाउ गरेका छन् ।

विप्लव प्रतिबन्धमा प्रचण्डको समर्थन !

विप्लवमाथिको प्रतिबन्धलाई लिएर असन्तुष्टि जनाउने नेकपाका धेरै नेताहरुको गुनासो, पार्टीमा छलफल भएन भन्ने मात्रै रहँदै आएको छ । माधवकुमार नेपाल स्वयंले यस्ता निर्णयहरु हुँदा पार्टीमा छलफल नभएकाले अपरिपक्ज भनिसकेका छन् । बालुवाटारमा पनि उनले सोही कुरा दोहोर्‍याए ।

नेकपा सूत्रका अनुसार एकाध नेताहरुले विप्लवलाई प्रतिवन्ध लगाउनुअघि वार्ताको गम्भीर प्रयास भयो त भनेर प्रश्न उठाएका छन् । ती नेताहरुले पार्टीमाथि प्रतिवन्ध लगाउनुको साटो विप्लव समूहका हिंसात्मक गतिविधि गर्दा विद्यामान कानुन अनुसार कारबाही गर्न सकिन्नथ्यो भन्ने प्रश्न गरेका छन् । तर, यसबारे पार्टीमा छलफल नभई बाहिर नबोल्ने उनीहरुको मत छ ।

यसैवीच, बुधबार सांगठनिक एकताबारे छलफल गर्न प्रचण्ड निवास खुमलटार पुगेका नेताहरुले विप्लव समूहको प्रतिबन्धबारे प्रचण्डको धारणा बुझ्ने प्रयास गरेका थिए । तर, प्रचण्डले केही न केही नगरी नहुने अवस्था आएको प्रतिक्रिया दिएको एक नेताले अनलाइनखबरलाई बताए ।

बिहीबार एक सार्वजनिक कार्यक्रममा विप्लवको चर्को आलोचना गरे पनि प्रचण्डले प्रतिबन्धबारे बालेनन् । सरकारले निमय कानून अनुसार गर्छ तर, विप्लव समूहले परिस्थितिलाई सही ढंगले विश्लेषण गर्न सक्नुपर्ने प्रचण्डको धारणा थियो । नेकपाका एक नेता भन्छन्, ‘यो सबै हेर्दा प्रतिबन्ध लगाउने निर्णयमा प्रचण्डको पनि समर्थन देखिन्छ । यद्यपि उहाँले मुख फोरेर केही भन्नुभएको छैन ।’

माधव नेपाललाई पनि समेट्ने

विहीबार बालुवाटारमा भएको छलफलमा पार्टीको सांगठनिक एकताबारे गृहकार्य गर्दा वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि समेट्ने सहमति भएको छ ।

सांगठनिक एकताबारे गृहकार्य बनेको कार्यदल सचिवालयले भंग गरेपछि सुरु भएको विवाद हल भएको छैन । कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलले हात उठाएपछि कार्यदल भंग भएको थियो । तर, ५ सदस्यले सुझावसहित दुई अध्यक्षले छुट्टै प्रतिवेदन बुझाएका छन्, जसको बोधार्थ स्थायी कमिटीलाई समेत दिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार