बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • निर्मला हत्या प्रकरण : ६ जना प्रहरी धरौटीमा छोड्न आदेश

निर्मला हत्या प्रकरण : ६ जना प्रहरी धरौटीमा छोड्न आदेश

  • बिहिबार, फाल्गुन ३०, २०७५
निर्मला हत्या प्रकरण : ६ जना प्रहरी धरौटीमा छोड्न आदेश

बडिमालिका समचार

फागुन ३०

निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै परेको मुद्धामा ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश भएको छ। जिल्ला अदालत कञ्चनपुरले ६ जनालाई नै धरौटीमा रिहा गर्न आदेश दिएको हो। जिल्ला न्यायाधीश डाक्टर राजेन्द्र कुमार आचार्यको एकल इजलासले छुट्टा छुट्टै २ मुद्दामा ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

तत्कालीन प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेठी र तत्कालीन प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई ९/९ लाख तथा प्रहरी निरिक्षक जगदिस भट्टलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश भएको हो। निलम्बित प्रहरी नायव निरिक्षकहरु हरिसिंह धामीलाई साढे ३ लाख, रामसिंह धामीलाई ३ लाख तथा प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत कञ्चनुिरले आदेश गरेको हो।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहितका ८ जना विरुद्ध दीलिप विष्टलाई याता दिएको र निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गर्न मुद्दा दायर भएको थियो। अदालतमा ६ जना मात्रै उपस्थित भएपछि उनीहरुको मात्रै बयान लिन थालिएको थियो। ६ जना प्रहरीको बयान र थुनछेक बहस बुधबार सकिएको थियो ।

तत्कालीन एसपी डिल्लीराज विष्ट र निलम्बित सीआईबीका डीएसपी अंगुर जीसी भने फरार छन्। उनीहरु विरुद्ध पक्राउपुर्जी जारी भएको छ। दुवै जनालाई यसअघि नै २१ दिनभित्र बयानका लागि उपस्थित हुन अदालतले आदेश दिएको थियो।

दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार