बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • विप्लव समुहद्धारा कैलालीमा विवाहको वसमाथि आगजनी

विप्लव समुहद्धारा कैलालीमा विवाहको वसमाथि आगजनी

  • बिहिबार, फाल्गुन ३०, २०७५
विप्लव समुहद्धारा कैलालीमा विवाहको वसमाथि आगजनी

फागुन, ३० कैलाली

कैलालीको बडैपुरम यात्रुवहाक वसमाथि आगजनी गरिएको छ । आज नेपाल बन्द आव्हान गरेको विप्लव समुहले विवाहको गाडीमा आगजनी गरेको हो । प्रहरीले सुरक्षामा गाडी सञ्चालन गरिरहेकोमा विवाहको गाडीलाई केही नहुने भन्दै छोडिएकोमा विप्लव समुहले आगजनी गरेको हो ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमो आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुलाई तराई जोड्ने भीमदत्त राजमार्गको गोदावरी सडक खण्डमा बन्दका दिन किन गाडी चलाएको भन्दै रोक्न खोजेको भन्दै तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेना जानकारी दिए । सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि नेपाल बन्दको घोषणा गरिएको हो । बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको कैलाली प्रहरीले जनाएको छ ।

दिनेश खबर बाट साभार

चर्चामा

सम्बन्धित समाचार