शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • विप्लवको बन्द : सुदूरपश्चिममा स्कर्टिङ गरेर यातायातका साधन गन्तव्य पठाउदै प्रहरी

विप्लवको बन्द : सुदूरपश्चिममा स्कर्टिङ गरेर यातायातका साधन गन्तव्य पठाउदै प्रहरी

  • बिहिबार, फाल्गुन ३०, २०७५
विप्लवको बन्द : सुदूरपश्चिममा स्कर्टिङ गरेर यातायातका साधन गन्तव्य पठाउदै प्रहरी
फागुन ३० धनगढि

नेकपा विप्लवले आज नेपाल बन्दको घोषणा गरेको छ। बन्दका कारण सुदूरपश्चिमको जनजीवन बिहानैदेखी प्रभावित भएको छ। बन्दका कारण नौ वटै जिल्लाबाट बिहान छुट्ने यातायातका कुनैपनि साधन नछुटेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदार रजौलेले बिहान यातायातका साधन नछुटेपनि रात्रि बसहरुलाई स्कर्टिङ गरेर गन्तव्य तर्फ पठाइरहेको जानकारी दिए। यस्तै बिहान सञचालन हुने अधिकांश क्याम्पस पनि नचलेको प्रहरीले जनाएको छ। सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपनि नेपाल बन्दको घोषणा गरिएको हो।  बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ।

दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार