३० फागुन, काठमाडाैँ । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा गम्भीर समस्या देखिएको छ । फेसबुकमा समस्या देखिएपछि विश्वभरका कराेडाैँ प्रयोगकर्ताहरू तनावमा परेका छन । प्रयोगकर्ताले पछिल्लो १२ घण्टा यता स्टाटस वा तस्बिर राख्न पाएका छैनन् । फेसबुकसँगै इन्स्टाग्राममा पनि समस्या देखिएको छ ।
बुधबार रातिदेखि नै सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममा समस्या आएको हो । केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । अन्य केहीका खुले पनि राम्ररी चलेका छैनन् । म्यासेञ्जरको मोबाइल एपले कतै कतै काम गरेको छ तर डेस्कटपमा भने समस्या देखिएको छ।
फेसबुकले समस्या समाधानका लागि पहल गरिरहेको र केही समयमै समस्या समाधान हुने बताएको छ ।