बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • ११ बर्षीया बालिका बलात्कार गरी हत्या गर्ने युवकलाई जन्म कैद

११ बर्षीया बालिका बलात्कार गरी हत्या गर्ने युवकलाई जन्म कैद

  • बुधबार, फाल्गुन २९, २०७५
११ बर्षीया बालिका बलात्कार गरी हत्या गर्ने युवकलाई जन्म कैद

अदालतले साल्पासिलिछो गाउँपालिका – ५ दोभाने सालेवाका २० वर्षीय सञ्जय राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले गरेको फैसला अनुसार पीडक राईबाट मृतक बालिकाको परिवारलाई १ लाख क्षतिपूर्ति भराउने ठहरसमेत गरेको निमित्त श्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए ।

सोही ठाउँकी भान्जी नाता पर्ने ११ वर्षीया बालिका रचना राईलाई सञ्जयले सँगै सुत्छु भनेर गत भदौ १० गते बलात्कार गरी हत्या गरेका थिए । बालिका आमा धनमती राई र सौतेनी बाबु राजन राईसँग बस्थिन् । सञ्जय पनि लामो समयदेखि बालिकाको घरमा बस्दै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार