शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • कैलालीका सहायक वन अधिकृत ३० हजार घुस सहित अख्तियारको फन्दामा

कैलालीका सहायक वन अधिकृत ३० हजार घुस सहित अख्तियारको फन्दामा

  • बुधबार, फाल्गुन २९, २०७५
कैलालीका सहायक वन अधिकृत ३० हजार घुस सहित अख्तियारको फन्दामा

बडिमालिका समचार
कैलाली २९ फागुन
धनगढीको तारानगरमा रहेको सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृतलाई घुस लिदै गर्दा अख्तियारले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका अनुसन्धान अधिकृत विनोद श्रेष्ठ नेतृत्वको टोलीले सहायक वन अधिकृत भरत प्रशाद शाहलाई घुस लिदै गर्दा पक्राउ गरेको हो।
सुनसरीको इनरुवा नगरपालिका वडा नम्वर ३ स्थायी घर भएका शाहलाई काठ चोरी निकासीको मुद्धा मिलाईदिने भन्दै घुस लिईरहेको अवस्थामा पक्राउ गरिएको हो। अख्तियारका अनुसार कार्यालयमै सेवाग्राहीबाट ३० हजार घुस लिदै गर्दा उनलाई पक्राउ गरिएको हो। सहायक वन अधिकृत शाहलाई मुद्दा मिलाईदिन भन्दै सेवाग्राहीबाट रकम लिएर दिने विचौलिया पुष्पराज जोशीलाई समेत अख्तियारले पक्राउ गरेको अनुसन्धान अधिकृत श्रेष्ठले बताए। उनीहरु दुवैजनालाई आवश्यक कारवाहीका लागि अख्तियारको टोलीले महेन्द्रनगर लगेको छ।
दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार