बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • आर्थिक अभावमा पेट पाल्नै धौधौ

आर्थिक अभावमा पेट पाल्नै धौधौ

  • बुधबार, फाल्गुन २९, २०७५
आर्थिक अभावमा पेट पाल्नै धौधौ

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का २६ बर्षिय सदु जैशी जन्मजात अपाङ्ग छन् । उनि नत हात खुट्टा चलाउन सक्छन्, नत बोल्ननै । आमा लक्ष्मी जैशीको काखबाट २६ बर्ष अगाडी जन्मेका शदु घरको जेठो छोरा हुन् । घरको जेठो छोरा शदुको अवस्था यस्तो हुँदा बुवा रोजगारीका लागी भारत पसे उनको अहिलेसम्म पत्तो छैन भने, उनका दुई भाइपनि घर छोडेर गएपछि फर्केका छैनन् । तिन छोराकी आमा लक्ष्मी जैशी बुढेसकालमा छोराहरुको साहाराले बाँच्ला भन्ने आशमा थिइन तर, बुढेसकालमा दुई छोराले आमाको माया मारे एउटा अपाङ्ग छोराको स्याहार गर्नुपरेको छ ।

अछाम जिल्ला पुख्र्यौली घर भएकि लक्ष्मी, केही बर्ष अगाडी श्रिमान संगै जिल्ला छोडेर भारत बसिन् । भारतबाट फर्केर कैलालीको बर्दगोरियामा बस्न थालिन् । कमाउन श्रिमान बेपत्ता र दुई छोराले आमालाई छोडेर जाँदा उनको साथमा एउटा अपाङ्ग छोरा शदु छन् । आर्थिक अभावले खान लाउन समेत नपुगिरहेका अवस्थामा आफैले अपाङ्ग छोराको स्याहार गर्नुपर्दा लक्ष्मी मार्कामा परेकी छिन् । उनिसंग घर समेत नभएको अवस्थामा सानो छाप्रो बनाएर छोराको स्याहार गरिरहेकी थिइन् । छिमेकीहरुले उनको सानो घर त बनाइदियो, त्यो घरमा नत बिजुली नत खानेपानी नै थियो । लक्ष्मी भन्छिन, दुख मेरै लागी लेखिएको रहेछ । श्रिमान बेपत्ता हुनु, दुई छोराले आमालाई चटक्क छोड्नु, बुढेसकालमा अपाङ्ग छोराको स्याहार गर्नुपर्ने त्यसमा आम्दानीका श्रोत केही छैन । लक्ष्मी जैशी पडिा पोख्छिन् ।

टिकापुर नगरपालिका वडा नम्बर १० मा घर भएका भिमेश रिमाल २ महिना अगाडी जैशीकै घर नजिक रहेको आफ्नो मामा घर आए । मामा घर आएका बेला शदुको अवस्था यस्तो देख्दा उनलाई दया जाग्यो । आफुले लगाएको स्वूटर र खल्तीमा रहेको केही रकम शदुलाई दिएर उनि घर फर्के । उनि काठमाण्डौँको शंकरदेब क्याम्पसमा स्नातक तह तेश्रो बर्षमा अध्यायनरत बिद्यार्थी हुन् । उनले सोचे शदुको उपचार त सम्भव छैन, उनलाई लुगा कपडा र खानेकुराका लागीपनि सहयोग गर्नसके राम्रै हुन्थ्यो । त्यसपछि उनले एस डि सी यसथ सर्कल भन्ने कमिट खोले र काठमाण्डौँका बिभिन्न क्याम्पस संगै साथीभाइहरु कहाँ सहयोग माग्न थाले । उनले ६० हजारभन्दा बढी रकम संकलन गरे । शदुको घरमा बिजुली जडान संगै उनका लागी कपडा खरिद गरे । सो समान र बचेको केही रकम शदुका लागी मंगलबार भिमेश रिमालले शदुकी आमा लक्ष्मीलाई हस्तान्तरण गरेका छन् । उनले भने मानव बन्नु त परोपकारी भन्ने उद्देश्यले सहयोग गरेको हुँ र यस्तो अभियान जारी रहने छ ।

समान हस्थान्तरण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कागं्रेसका नेता डक्टर रण बहादुर रावलपनि सहभागी थिए । शदु जैशीको अवस्था त्यस्तो देख्दा उनलेपनि दुख व्यक्त गरे । सहयोग गर्ने युवा भिमेश रिमाललाई धन्यबाद दिदै उनले शदु र उनकी आमालाई सहयोग गर्न स्थानिय तहलाई निर्देशन दिए । संगै प्रदेश सरकारलेपनि यस्ता व्यक्तीको सहयोग गर्नुपर्ने भन्दै आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कमी नहुने प्रतिबद्धता गरे ।

समाजमा धन भएकहरु धेरै छन, शदु ति ब्यक्तिको आशामा छनः जो संग धनसंगै दिन दुखिलाई सहयोग गर्ने मन पनि छ । ब्यवसायिहरुले पनि आफ्नो मुनाफाको केहि अंश यस्ता असहायहरुको लागि छुट्याए सदु जस्तै धेरै असहायहरुको जिवन जोगिन सक्छ ।

एसटिएस टेलिभिजनबाट

चर्चामा

सम्बन्धित समाचार