शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • मेरो खिल्ली उडाउन एउटा गुट नै सक्रिय थियो

मेरो खिल्ली उडाउन एउटा गुट नै सक्रिय थियो

  • बुधबार, फाल्गुन २९, २०७५
मेरो खिल्ली उडाउन एउटा गुट नै सक्रिय थियो

नायिका वर्षा सिवाकोटी नेपाली चलचित्रमा रुचाइएकी नायिकामा पर्छिन् । उनी बेला–बेला विभिन्न कुराहरुका कारण विवादित पनि बनिरहेकी हुन्छिन् । वर्षाले खेलेका चलचित्र भन्दा छाडेका चलचित्र धेरै हुँदा उनको आलोचना बढी भएको पाइन्छ ।

अनलाइनखबरको ‘सेलिब्रेटी शो’मा उनले यो बिषयमा बोलेकी छिन् । उनले भनेकी छिन्–‘मैले चलचित्र छाडेर अर्की नायिका आउँदा सबैले मेरो खिल्ली उडाउनुभयो । स्टाटसमा पनि मेरो बारेमा निकै नकारात्मक कुरा लेखिएको थियो ।’
त्यो बेला आफूलाई खिल्ली उठाउनेलाई वर्षाले कुनै उत्तर फर्काएकी थिइनन् । उनी उपयुक्त समयको पर्खाइमा थिइन् । ‘त्यो समय उहाँहरु हाँस्नु भएको थियो । अहिले उहाँहरुको अनुहार कालो भएको छ । म हाँसिरहेको छु ।’ वर्षाले कुनै समय आफ्नो करिअर सिध्याउन धेरै जना लागेको गुनासो पनि पोखिन् । वर्षाले आफूलाई पछाडि पार्न केही गुट सक्रिय भएको खुलाउँदै अब आफू बलियो भएको समेत उल्लेख गरेकी छिन् ।

प्रेम र प्रेमीको बिषयले पनि उनको चर्चा भएको पाइन्छ । यो कुरालाई वर्षा सामान्य रुपमा लिन्छिन् । उनी भन्छिन्–‘म मेरो रिलेशनलाई ओपन गर्दिनँ । गरेको पनि छैन । त्यसैले म मेरो दाईसँग हात समातेर हिडेकी छु भनेपनि प्रेमी बनाइदिन्छन् ।’

वर्षालाई सिमित घेरामा रहेर काम गरेको भन्ने आरोप पनि लागिरहेको हुन्छ । उनी यस कुरालाई स्विकार्छिन् पनि । उनी भन्छिन्–‘हो, म कुनै समय एउटै सिमित घेरामा रहेर काम गरिरहेको थिएँ । तर, अहिले म त्यसबाट बाहिरी आइसकेको छु ।’

आफू सफल हुनलाई एउटा राम्रो टिम चाहिने वर्षाले बल्ल बुझेकी छिन् । ‘नायिका सफल हुन चलचित्र सफल हुनुपर्छ । चलचित्र सफल हुन राम्रो टिम चाहिन्छ । मैले अहिले राम्रो टिम पाएको छु’, ‘वीर विक्रम २’को टिमप्रति लक्षित गर्दै उनले भनिन् । हरेक चलचित्रको ‘इन्ड क्लाप’सँगै वर्षाको मनमा डर हुन्थ्यो, ‘अब गर्ने के ?’ तर, ‘वीर विक्रम २’मा काम गरेपछि उक्त डर हटेको वर्षाले बताइन् ।

उनले भनिन्–‘अब के गर्ने भन्ने कुराको डर मलाई छैन । राम्रो टीम पाएको छु । सायद कामको खाँचो नहोला ।’ वर्षाले अब यो टिमसँग निरन्तर चलचित्रमा काम गर्ने पनि बताइन् । वर्षा अहिले आफूले चलचित्र क्षेत्रमा एउटा बाटो समातेको बताउँछिन् ।

वर्षा अभिनित चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेबाट रिलिज हुँदैछ । वर्षा अहिले यसको प्रचारमा व्यस्त छिन् ।

चर्चामा

सम्बन्धित समाचार