बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • प्रहरीको जागिर छाड्ने संख्या बढ्यो प्रदेश एकमा

प्रहरीको जागिर छाड्ने संख्या बढ्यो प्रदेश एकमा

  • मङ्लबार, फाल्गुन २८, २०७५
प्रहरीको जागिर छाड्ने संख्या बढ्यो प्रदेश एकमा

नेपाल प्रहरी भित्रको ‘बिभागिय व्यवहार’ चित्त नबुझेको भन्दै प्रहरीबाट जागिर छाड्नेको संख्या बढ्न थालेको छ । आफु कार्यरत प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृतबाट सामान व्यवहार, पेलाउने प्रबृति र ओभरटाईम डिउटी लगाउन थालेपछि जुनियर प्रहरीहरु जागिर छाड्नेहरुको संख्या बढेको हो ।

संगठन भित्र पदको मर्यादा राखेर समान व्यवहार गर्ने अनि सिनियरले जुनियरलाई ‘तिमी’ शब्द प्रयोगलाई अनिवार्य लागु गर्नुपर्ने निर्देशिका भएपनि व्यवहारमा लागु हुन अझै सकेको छैन । अझ प्रहरी भित्र मौलाएको ‘हिरोइज्म’ को शिकार जुनियर प्रहरी पनि बन्दै आएका छन् । ‘सिस्टम भन्दा पनि मुड’को भरमा चल्ले सिनियरले हातै हाल्ने, कुटपिट गर्ने, सजाय दिने र बिभागिय कारबार्ही गर्ने प्रबृतिले अझ बढी प्रहरी जागिरबाट हात धुने लाईनमा छन् ।

उदाहरणको लागी जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारीले १२ दिन अघि इटहरी चौकमा डिउटीमा रहेका हबल्दार हरि बहादुर बस्नेतलाई झापड हाने । रातको समयमा एसपी अधिकारीले ‘सन्काह’ स्वभाव देखाउदै पोसाकमा भएको ‘नेम प्लेट’ छड्के किन लगाएको भन्दै बिच सडकमा झापड प्रहार गरेपछि आसपास रहेका अन्य प्रहरी सिनियरको व्यवहारले निराश एवम आक्रोशित बनेका थिए ।

एसपी जस्तो जिल्ला प्रमुख अफिसरले हवल्दार लेभलको प्रहरीलाई हात हाल्नु संगठनको निर्देशिका भन्दा बाहिर हो । मोरङमा पनि एक प्रहरी निरीक्षकले एक जना सिपाहीलाई कुटपिट गरको घटना सार्वजनिक भएको थियो । साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय बिराटनगरका असई तुलामडी आचार्यले प्रहरी जवान उमेश पुरीमाथि निर्धात कुटपिट भएको छ । यस्ता धेरै कुटपिटका उदाहरण प्रदेश १ मा देखिएका छन् । कतिपय संञ्चार माध्यमबाट बाहिर आउछन् भने भित्र भित्रै कतिपय घटना दबिएका छन् ।

प्रहरीको निर्देशिका भित्र कारण बिना कसैलाई पनि हात हाल्न नपाइने नियम छ । चित्त नबुझेको खण्डमा प्रहरी भित्रको अनुशासन बिभागमा ‘कम्प्लेन’ गर्न सकिन्छ । तर सिनियरको बिरुद्ध जादा जागिरे जिवनमा अफट्यारो हुने भएकाले प्राय एकदमै कम कम्प्लेन गर्छन ।

संगठन भित्र कुटपिट हात हाल्नु अलावा काममा पेलाउने, सिनियरको मुडमा ओभर टाईम डिउटी गर्नुपर्ने जस्ता अन्य धेरै समस्याबाट जुनियर सदैव पेलानमा पर्ने गर्छन । कतिपय घटनामा गल्ती नगर्दा पनि ग्रेड रोक्का, नसिहत र संगठनबाट कारबार्ही वा निस्काशित गर्ने प्रबृतिले पनि जुनियर आफ्नो जागिर सदैव जोखिम ठान्छन् ।

सबै एकै नासे सिनियर हुदैनन्, कसैले राम्रो प्रमोशन पनि गर्छन प्रहरीमा ३ बर्षको जागिरे अनुभव लिएका पूर्व सिपाही मुकेश बहादुर कठेत भन्छन् ‘केही सिनियरको आचरणको कारण प्रहरी भित्रका सिपार्ही र हवल्दार बढी पेलिनु पर्छ’ । ‘सयमा २÷३ जना सिनियर राम्रो स्कुलिङबाट आउछन र राम्रो पुलिसिङ गर्छन’ ।

आफ्नो जागिरे जिवनमा दुईपटक ग्रेड रोक्का पाएका कठेत भन्छन ‘प्रहरीको निर्देशिका अक्षरस पालना हुनु पर्छ’ । ‘चाहे सिनियर होस या जुनियर सबैलाई एउटै नियम लागु हुनुपर्छ’ उनले भने ‘जागिर छाड्नुको कारण ‘बिभागिय व्यवहार’ राम्रो नहुनु मेरो पनि कारण हो ।

कठेत जस्तै प्रहरी साहयक निरिक्षकबाट जागिर छाडेका इटहरी १२ का रेशम चौधरीको यस्तै अनुभव छ । जुनियर सँगसगै असई, सई र इन्सपेक्टरसम्म सिनियरको हेपाह प्रबृति पाउने गर्छन । ‘जुनै पनि पदको माथिल्लो अफिसरले गर्ने व्यवहार फरक हुन्छ’ उनले भने ‘मात्र उस्को स्कुलिङ र स्वभावमा भर पर्छ’ ।

चौधरी भन्छन् ‘नसिहत, स्पष्टिकरण, ग्रेड रोक्का जुनियरको लागी आम कुरा भइसकेको छ संगठन भित्र’ । यसको बिरोध गर्नु पनि आफ्नै खाल्डो खन्नु हो । इलाका प्रहरी कार्यालय इटहरीबाट केही दिन अघि मात्र राजिनामा दिएका एक पूर्व प्रहरी ‘हाकिमको मुडमा दुई सिफ्ट डिउटी गर्नु पर्ने अबस्था आफुले झेलेको बताउछन्’ । नाम नबताउने सर्तमा ति प्रहरी भन्छन् ‘शान्ति सुरक्षा सबल राख्न सम्बन्धित कार्यालयका इन्र्चाज संक्षम छैनन् भने सिपाही हवल्दार तथा अन्य अफिसरलाई पेलाएर के फाईदा’ ?

उनि आक्रोशित हुदै भने ‘यस्ता जागिर खाएर आफ्नो स्वभिमान किन गुमाउने’

तिनसय बढीले दिए प्रदेश एकमा राजिनामा

प्रहरी संगठन भित्र जागिर छाड्नेको संख्या दिनानु दिन बढ्दो अबस्थामा छ । यसले संगठनको बदनामी हुने डर पनि बढाएको छ । प्रदेश एकमा जागिर छाड्नेको संख्या ३ सय भन्दा बढी हाराहारीमा छ । जागिर छाड्नेको संख्या बाहिर आउदा संगठनलाई भबिष्यमा असर पर्ने भएकाले पनि कति जनाले नै जागिर छाडे यकिन तथ्याङ प्रहरीले दिन मान्दैन । तर प्रदेश एकमा ३ सय बढीले अहिलेसम्म जागिरबाट राजिनामा दिइसकेका छन् ।

प्रदेश प्रहरीको संरचना बनेपछि एक नम्बर प्रदेशमा ११ हजार प्रहरी कार्यरत छन् ।

हेडक्वाटरको परिपत्र

देशभर प्रहरीले जागिरबाट राजिनामा दिने क्रम बढेपछि प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) ले तत्काल राजिनामा नदिन ७ वटा प्रदेश प्रहरी कार्यालय मार्फत सबै मातहतका प्रहरी कार्यालय परिपत्र गरेको छ । हेडक्वाटरबाट गरिएको परिपत्रमा कसैको पनि राजिनामा स्विकृत नगर्न र सिफारिस समेत नगर्न भनिएको छ । अर्काे आदेश नभए सम्म यो नियम लागु गर्न भनिएको छ ।

हेडक्वाटरका अनुसार अघिल्लो आर्थिक बर्ष र यो शुरुवाती बर्षमा अन्य प्रदेश प्रहरी कार्यालय भन्दा एक नंम्बर प्रदेश प्रहरीबाट जागिर छाड्नेको संख्या बढी छ ।

यस्तो छ प्रहरीको धारणा

प्रहरीले ‘बिभागिय व्यवहार’ राम्रो र समान भएको दाबी गर्छ । एक नंम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख डिआईजी केदार रिजाल प्रहरी संगठन भन्दा पनि बाहिरी कारणले जागिर छाड्ने क्रम बढेको बताउछन् ।

‘अहिले पेन्सन पाक्न साथ जागिर छाडेर विदेश जाने चलन बढेको छ’ उनले भने ‘२०÷२५ हजारले एउटा सिपाहीलाई धान्न पनि त गाह्रो नै होला’ । नेपाल प्रहरीका रिटायर्डहरु अहिले अधिकाशं बिदेश जाने गर्छन कारण यो मात्र हो ।

डिआईजी रिजाल पहिले भन्दा अहिलेको पुलिसिङमा ‘बिभागिय व्यवहार’ राम्रो र समान भएको दाबी गर्छन । ‘हामीले निर्देशिका नै बनाएका छौ’ उनले भने ‘कसैले कसैलाई नराम्रो व्यवहार गरे कम्प्लेन गर्न मिल्छ, यसमा कुनै दुबिधा छैन’ ।

प्रहरीको जागिर अबधी, सेबा सुबिधा र पेन्सनको बिषयमा पनि आन्यौलता बढेको बेला हेडक्वाटरले सबै बिषयमा समाधान ननिकालेसम्म जागिर छाड्न नपाइने गरि परिपत्र गरिएको डिएआईजी रिजाल बताउछन् ।

संबिधानमा प्रहरी सम्बन्धि नयाँ नियम भदौबाट आउने भएपछि पाउदै आएको सेवा सुबिधा कटौती हुने हल्लाको पछि लाग्नेहरुले पनि जागिर छाड्ने गरेको रिजालको भनाई छ ।

रिजाल भन्छन् ‘बुझदै नबुझी जागिर छाड्ने टे«न्डलाई अब भने हामी रोक्दैछौ’ । उनले सबै मातहतका प्रहरी कार्यालयमा सिनियर प्रहरी अधिकृत पठाएर जागिर छाड्नेलाई नयाँ नियम सम्बन्धि बुझाउन अभियान नै चलाउने जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार