शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • खेलकुद
  • आर्मीलाई झापा गोल्डकपको उपाधि

आर्मीलाई झापा गोल्डकपको उपाधि

  • सोमवार, फाल्गुन २७, २०७५
आर्मीलाई झापा गोल्डकपको उपाधि

खेलको २३ औं मिनेटमा आर्मीले सन्तोष तामाङको गोलमा अग्रता लिएको थियो । मैदानको दायाँ भागबाट झन्डै २५ यार्ड टाढाबाट गरेको उनको फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो ।

त्यसको १० मिनेटमा नै कप्तान भरत खवासले नवयुगको पासलाई सदुपयोग गर्दै आर्मीको अग्रता दोब्बर पारे । पहिलो हाफ सकिन २ मिनेट बाँकी रहँदा झापाका लागि विदेशी फरवार्ड फ्रान्ससले एक गोल फर्काए ।

दोस्रो हाफको सुरुवाती समयमा झापाका योगेश गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए । तर नवयुग श्रेष्ठले ७५ औं मिनेटमा आर्मीको अग्रता पुन: स्थापित गरे । त्यसको केहिबेरमा नै सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

इन्ज्युरी समयमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीको फराकिलो जित पक्का गरे । अन्तिम समयमा झापाका भिक्टरले गोल फर्काएपनि खेलको नतिजा बदल्न त्यो गोल पर्याप्त रहेन ।

उपाधिसँगै आर्मीले १२ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता झापाले लगातार दोस्रो पटक फाइनल गुमाउँदै ६ लाख रुपैयाँमा चित्त बुझायो ।

चर्चामा

सम्बन्धित समाचार