शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • बडीमालिका बोर्डीङ स्कुलको २७ औं वार्षिकोत्सव सम्पन्न

बडीमालिका बोर्डीङ स्कुलको २७ औं वार्षिकोत्सव सम्पन्न

  • सोमवार, फाल्गुन २७, २०७५
बडीमालिका बोर्डीङ स्कुलको २७ औं वार्षिकोत्सव सम्पन्न

   बडीमालिका खवर
बाजुरा जिल्लाको सदरमुकाम मार्तडी स्थित बडीमालिका बार्डीङ स्कुलको २७ औं वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार विद्यालय परिसरमा भव्य कार्यक्रम गरी आफ्नो स्थापनाको २७ औँ वार्षिकोत्सव सम्पन्न गरेको हो । कार्यक्रममा बिद्यालयका आतिरिक्त कृयाकलापहरु साँस्कृतीक कार्यक्रम लागयत स्थानिय सास्कृतीक देउडा लगायतका कार्यक्रम रहेका थिए । बिद्यालयमा अनुसाशन, सरसफाई कक्षामा प्रथम उत्र्तीण, खेलकुदमा उत्कृष्ठ छात्रछात्रालाई पुरस्कृत गरेको छ ।


वार्षिकोत्सवका अवसरमा गत वर्षझैँ विविध अतिरिक्त क्रियाकलाप गरिएको थियो । जसमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै गत शैक्षिक शत्रमा उत्कृष्ट नतिजा ल्याई स्कुल–टप तथा कक्षामा प्रथम, दोस्रो, तेस्रो हुने विद्यार्थीहरुलाई समेत प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको थियो ।


वार्षिकोत्सवका अवसरमा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा अभिभावकहरुको उल्लेख्य सहभागीतामा कार्यक्रम संचालन गरिएको स्कुलका प्रिन्सीफल अभिनारायण निरौलाले बताएका छन ।


विद्यालय संचालक समितिका अध्यक्ष लालकेशर पाण्डेको सभापतित्वमा सम्पन्न सो समारोहमा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाय प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बिशिष्ट अतिथिमा बडीमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट जिल्ला शिक्षा समन्वय अधिकारी, बडीमालिका नगरपालिका वडा न ८का वडा अध्यक्ष प्रकाश रावल रहेका थिय । कार्यक्रममा बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधीको सहभागीता रहेको थियो ।


सुरुमा प्राविको रुपमा विं सं. २०४८ सालमा स्थापना भएको स्कुलले लामो समयसम्म स्तरोन्नति हुदै हाल कक्षा १० सम्म अध्यायन अध्यापन गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार