बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • शिल्पाको घरमा पनि ‘बाहुबली’

शिल्पाको घरमा पनि ‘बाहुबली’

  • सोमवार, फाल्गुन २७, २०७५
शिल्पाको घरमा पनि ‘बाहुबली’

मुम्बई : फिल्म ‘बाहुबली’ र यसको दोस्रो भागले कमाइको मामलामा मात्रै रेकर्ड तोडेन दर्शकको मन पनि यसरी जित्यो कि आज पनि यो फिल्म टीभीमा आउँदा दर्शक हेर्न छुटाउँदैनन्। अभिनेत्री शिल्पा सेट्टीका छोरा पनि यी फ्यानमध्ये एक हुन्। यसलाई प्रमाणित गर्दै शिल्पाले हालै एक भिडियो पोस्ट गरेकी छन्।

शिल्पा र राज कुन्द्राले आफ्नो इन्स्टाग्राममा छोरा वियानको भिडियो पोस्ट गरेका छन्। भिडियोमा टीभीमा ‘बाहुबली’ को गीत बजिरहेको देखिन्छ अनि फिल्मका मुख्य कलाकार महेन्द्र बाहुबली आफ्नो काँधमा शिवलिंग उठाइरहेको देखिन्छ।

यसैको नक्कल गर्दै वियानले काँधमा आफ्नो कुर्सी उठाएर बाहुबली शैलीमा हिँड्ने अभिनय गरेका छन्। यति मात्रै होइन उनी गीतको बोल पनि नक्कल गर्ने कोसिस गर्दै देखिएका छन्। फेरि कुर्सी फ्याँकेर हातमा रड लिन्छन् अनि फिल्मका अभिनेताले जस्तै घुमाउँछन्।

कपडाविहीन वियानको यो भिडियोलाई फ्यानले पनि निकै मन पराएका छन्। राज कुन्द्रा र शिल्पा सेट्टीले आफ्नो छोराको यो भिडियो सेयर गरेका छन्। शिल्पाले आफ्नो पोस्टमा लेखेकी छन्, ‘वियानले यो फिल्म हेरेको छैन र पनि उसले फिल्मको नक्कल गरेको छ। सायद अभिनय उसको रगतमै बगेको छ।’ यसपछि शिल्पाले वियानलाई ‘बेबीबली’ नाम दिएकी छन भने राजले ‘चेयरबली’ नाम दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार