शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बुढेशकालमा बच्चा पाँउदै बाजुराका महिला

बुढेशकालमा बच्चा पाँउदै बाजुराका महिला

  • सोमवार, फाल्गुन २७, २०७५
बुढेशकालमा बच्चा पाँउदै बाजुराका महिला

प्रकाश सिंह
बाजुरा, २७ फागुन
स्वामिकार्तिक २ कि ४२ बर्षिय आवर्मा बुढाले १३ औ सन्तानका रुपमा छोरा जन्माएकि छन् । १५ बर्षमा बिहे गरेकि आवर्माले ९ बच्चा जिवित जन्माईन्, ४ वटा बच्चा मृतक बच्चा जन्माएको उनले वताईन् । ९ वटा मध्ये ७ वटा छोरी जन्माएकि छन्, भने दुई वटा छोरा जन्माएको उनका श्रीमान पायन बुढाले वताईन् ।
वर्माले १३ औ बच्चा मात्र स्वास्थ्य केन्द्रमा जन्माईन । बाकि सबै बच्चा घरमा र काम गएको बेला जंगलमा बच्चा जन्माएकी हुन् । परिवार नियोजनको चेतना नभएको उनको परिवारलाई उम्मेर ढल्केको समय सम्म १३ औ सन्तानको बच्चा जन्माएको उनका श्रीमान पायन बुढाले वताएका छन् । आवर्माले कहिले परिवार नियोजनका साधन प्रयोग नगरेको कारण धेरै बच्चा जन्माउनु परेको स्वास्थ्यकर्मीले वताएका छन् । परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ, उमेर ढल्किसकेपछि बच्चा जन्माउनु हुदैन भन्ने चेतना अभाबका कारण उनि अहिले सम्म बच्चा जन्माईरहेकि छन् ।
वर्मा त एक उदाहरण उनि जस्तै बाजुराका दुर्गम गाँउका धेरै महिलाहरु उमेर ढल्किसकेपछि पनि बच्चा जन्माउने गरेका छन् । जगन्नाथ गाँउपालिको गोत्री बस्ने छम्म लुवारले पनि ४५ बर्षको उम्मेर बच्चा जन्माईन् । १४ बर्षको उमेरमा विवाह गरेकि छम्मले ४५ बर्षको उमेर पुग्दा सम्म ११ बटा बच्चा जन्माईन् । ११ बच्चा मध्ये उनको ७ वटा जिबित रहेका छन्, भने ४ वटा बच्चाको मृत्यु भईसकको उनले वताईन् । परिवार नियोजनको साधन प्रति कुनै जानकारी नभएका कारण आफुले बच्चा जन्माइरहेको छम्मले वताएकि छन् ।
त्यस्तै जगन्नाथकी कुशुकला सार्कीले पनि ४१ बर्षको उमेरमा १० पटक बच्चा जन्माईन् । दशौ पटकमा उनले जुम्ल्याँ बच्चा जन्माईन् । बच्चा जन्माउदै उनको स्वास्थ्य अबस्था समेत निकै कमजोर भईसकेको छ । तर उनलाई बच्चा नजन्माउने कुनै उपायनै अपनाएकी छैनन् । ३५ बर्षको उमेर पछि उनको बच्चा पाउन सक्ने क्षमता समेत कम हुदै गएको छ, तर उनले बच्चा पाउन छोडेकी छैनन् । गोत्रीकी ४० बर्षिय जौमति बिष्टले पनि बच्चा जन्माईन् । उनले यो बच्चा लगाएर ८ वटा बच्चा जन्माएको बताईन् । त्यस मध्ये ५ वटा बच्चा जिवित रहेको छन् । आफुहरुलाइ परिवार नियोजनको साधन प्रयोग गर्नु पर्ने हुन्छ, भन्ने कुनै जानकारी समेत छैन् र अहिले सम्म कुनै साधान प्रयोग नगर्ने गरेको वताईन् । त्यस्तै उनका श्रीमान लोकले पनि कुनै परिवार नियोजनको साधन प्रयोग नगर्ने गरेको वताए ।
महिलाले २० बर्ष देखी ३५ बर्षको उमेरमा बच्चा पाउने सुहाउदो उमेरका रुपमा लिने गरेको हो । तर दुर्गम तथा पछाडी परेको गाँउहरुमा भने २० बर्ष पुग्दा सम्म दुई, तिन वटा बच्चा समेत पाईसकेका हुन्छन्, भने ४५ बर्षको उमेर पुग्दा सम्म पनि बच्चा पाईराख्ने गरेको स्वास्थ्यकर्मी बताँउछन् । उमेर बुढो भइसकेपछि बच्चा पाँउने समस्याले आमा र बच्चा दुबैको अबस्था जोखिम हुने गरेको उनले वताईन् । बच्चा पनि अपाङ्ग, सुस्तमनस्थित, कुपोषित जस्तो बच्चा जन्मने, आमा र बच्चाको ज्यान जोखिम हुने आमापनि रक्क्तस्राव जस्ता समस्याले ग्रसित हुने गरेको अनमी प्रर्मिला धामीले वताईन् ।
कम उमेरमा बच्चा जन्माउने र उमेर ढल्कदा सम्म बच्चा पाउनाले केही महिलाले अकालमै ज्यान गुमाउने गरेका छन् । अहिले पनि दुर्गम गाँउमा परिवार नियोजन सम्बन्धि चेतना नभएको महिला अधिकार मञ्च बाजुराकी अध्यक्ष रुखमणि शाहले वताएका छिन् । बाजुरामा जिल्लामा जिल्ला स्वास्थ्य कार्यलय, युनिसेफ, युएानएफिय लगायत सरकारी तथा गैर सकारी संस्थाहरुले बर्षेनी परिवार नियोजन सम्बन्धि करोडौ रुपैया खर्च गर्दै आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार