बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • नेपाल भित्रिने सस्ता वस्तुलाई प्रतिबन्ध लगाउने गरी विद्येयक पेस

नेपाल भित्रिने सस्ता वस्तुलाई प्रतिबन्ध लगाउने गरी विद्येयक पेस

  • सोमवार, फाल्गुन २७, २०७५
नेपाल भित्रिने सस्ता वस्तुलाई प्रतिबन्ध लगाउने गरी विद्येयक पेस

काठमाडौं– सरकारले अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रिने सस्ता वस्तुलाई प्रतिबन्ध लगाउने गरी संसदमा सेफगार्ड्स, एन्टी–डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक पेश गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सेफगार्ड्स, एन्टी–डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक पेश गरेका हुन् ।

प्रतिनिधिसभाले विधेयक पारित गरेपछि अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रिने सस्ता र ब्राण्ड पहिचान स्पष्ट नभएका मालवस्तु पूर्णरुपमा प्रतिबन्ध हुनेछ । उद्योगमन्त्री यादवले लागत मूल्यभन्दा कम मूल्यमा आयात वा सहुलियत प्राप्त मालवस्तुको अत्याधिक आयात हुँदा स्वदेशी उद्योग धारासयी बन्ने अवस्थाको अन्त्य गर्न सघाउ पुर्याउन विधेयक पेश गरेको बताए । उनले विदेशी कम्पनीलाई नत्थी लगाउन नभई स्वदेशी उत्पादनको बजार ब्यबस्थीत गर्न विधेयक ल्याउनुपरेको बताए ।

मन्त्री यादवले पेश गरेको विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । यसअघि सैद्धान्तिक छलफलको क्रममा सांसदहरुले विधेयक ल्याउन ढिलो भएको भन्दै गुनासो गरेका थिए । सरकारले गत फागुन ११ गते उक्त विधेयक संसद्मा दर्ता गरेको थियो । विधेयक हुबहु पारित भए अन्तर्राष्ट्रिय बजारबाट नेपाल भित्रिने सस्ता वस्तुको आयात रोकिने छ भने डम्पिङ्ग गरिएको देखिए भन्सार र अतिरिक्ति एन्टी–डम्पिङ्ग शुल्क लाग्ने छ ।

यस्तै, अन्तर्राष्ट्रिय बजारबाट भित्रिने सहुलियत तथा अनुदान प्राप्त मालवस्तुमा पनि प्रतिबन्ध लाग्ने छ । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ले यस्ता वस्तुको आयात–निर्यात गर्न नहुने बताएपनि नेपालमा हालसम्म यस्ता बस्तु आयात रोकिन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार