शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • संसारकै सबैभन्दा महंगो कार, यस्तो छ विशेषता

संसारकै सबैभन्दा महंगो कार, यस्तो छ विशेषता

  • सोमवार, फाल्गुन २७, २०७५
संसारकै सबैभन्दा महंगो कार, यस्तो छ विशेषता

काठमाडौं । संसारकै सर्बाधिक महंगो कार बनाउने कम्पनी बुगाटीले हाल सम्मकै सबैभन्दा महंगो स्पोट्र्स कार लन्च गरेको छ । बुगाटीले ला भोइचर न्वायर नामक कारलाई जेनेभा मोटर शोमा सार्वजनिक गरेको हो ।

सो कारलाई विभिन्न कस्टम वर्कद्वारा डिजाइन गरिएको छ । यसका कारण यसको मूल्य कति छ भने सो मूल्यमा १४ सय भिटारा ब्रेजा कार किन्न सकिन्छ । ला भोइचर न्वायरलाई फ्रेन्च भाषामा ‘कालो कार’ भनिन्छ । सो कारमा ह्यान्ड क्राफ्टेड फाइबरको बडी वर्क प्रयोग गरिएको छ । यसको बम्परलाई बडीसँगै सामेल गरिएको छ । त्यसैगरी यसको विन्डस्क्रिनलाई हेलमेटको भाइजर जस्तो गरी डिजाइन गरिएको छ ।

ला भोइचर न्वायर कम्पनीको टाइप सी–५७ कारबाट प्रभावित छ । सो कार १९३० मा बजारबाट फिर्ता लिइएको थियो । बुगाटीका संस्थापक अटोर बुगाटीका छोरा जिन बुगाटीले यसको डिजाइन गरेका थिए । उनले आफ्ना बुवाको कम्पनीका लागि सो सुन्दर डिजाइन गरेका थिए ।

ला भोइचर न्वायर हालसम्मकै सबैभन्दा महंगो स्पोट्र्स कार हो । कम्पनीले केवल एक कार मात्र निर्माण गरेको छ । सो कार किन्ने ब्यक्तिको नाम पनि हालसम्म सार्वजनिक गरिएको छैन । यद्यपि फक्सवागनका पूर्व सीईओ फर्डिनान्ड पिच यसको पहिलो ग्राहक भएको चर्चा छ । फक्सवागन बिटल कारका निर्माता फर्डिनान्ड पोर्सका छोरा हुन्् फर्डिनान्ड पिच ।

सो कारमा बुगाटी चिरोन स्पोर्टमा भएको ८.० लिटर डब्ल्यु १६ इन्जिन उपलब्ध छ । यसले १५०० पीएस पावर र १६०० एनएम टर्क जेनेरेट गर्छ । मात्र २.५ सेकेन्डमा सो कारले ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ । त्यसैगरी यसको टप स्पिड ४२० किलोमिटर प्रतिघण्टा छ ।

ला भ्वाइचर न्वायरको मूल्य १ करोड ६७ लाख युरो तोकिएको छ । भारतमा आउदा सो कारको मूल्य १ अर्ब १८ करोड पर्ने बताइएको छ । नेपालमा आउने हो भने कति पर्ला ? तपाईं आफै अनुमान लगाउन सक्नुहुन्छ । यो मूल्यमा १४ सय भन्दा बढी मारुती सुजुकी भिटारा ब्रेजा किन्न सकिने मिडियाहरुले उल्लेख गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार