बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • रियाका हट फोटोको चर्चा

रियाका हट फोटोको चर्चा

  • सोमवार, फाल्गुन २७, २०७५
रियाका हट फोटोको चर्चा

अभिनेत्री रिया सेन अचेल फिल्ममा भन्दा सामाजिक सञ्जालमा धेरै सक्रिय देखिन्छिन् । अभिनेत्री मुनमुन सेनकी छोरी रिया हालै गोवामा देखा परिन् । उनले त्यहाँको समुद्र किनारमा खिचाएका ग्ल्यामरस फोटाले अहिले चर्चा पाएका छन् ।

सन् १९९१ मा बिषकन्या फिल्ममा बालकलाकारका रूपमा पर्दामा प्रस्तुत भएकी रिया सन् २००० मा तमिल फिल्म ताजमहलबाट डेब्यु गरेकी हुन् । बिषकन्या व्यावसायिक रूपमा सफल भएन । त्यसपछि उनले गुडलक, स्टाइल, दिलबिल प्यारभ्यार, क्यामत, झन्कार बिट्स, दिल ने जिसे अपना काहा, प्लान, सादी नं. १, हे बेबी, तेरे मेरे फेरेलगायतका हिन्दी तथा थुप्रै मलायम, बंगाली, तेलगु फिल्ममा अभिनय गरिन् ।

शिवम तिवारीसँग सन् २०१७ मा बिहे गरेकी रियाले त्यसपछि फिल्म खेलेकी छैनन् । फिल्ममा नदेखिए पनि उनले आफूलाई सामाजिक सञ्जालमा भने निकै सक्रिय राखेकी छिन् । उनले वेलावेलामा आफ्ना हट फोटा पोस्ट गर्ने गरेकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार