मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रवास
  • इथियोपियामा विमान दुर्घटना परी १५७ जनाको मृत्यु

इथियोपियामा विमान दुर्घटना परी १५७ जनाको मृत्यु

  • आइतवार, फाल्गुन २६, २०७५
इथियोपियामा विमान दुर्घटना परी १५७ जनाको मृत्यु

फागुन, २६

इथियोपियामा विमान दुर्घटना हुँदा विमानमा सवार सवार रहेका सबै १५७ जनाको मृत्यु भएको छ। इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको इथियोपियन एयरलाइन्सले जनाएको छ। विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए। इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ। बोइङ ७३७ म्याक्स ८ विमान स्थानीय समय अनुसार विहान ८ बजेर ४४ मिनेटमा दुर्घटनामा परेको हो। दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन।
इथियोपियाको सरकारी सञ्चार माध्यम इथियोपियन ब्रोडकास्टिङ कर्पोरेसनले विमानमा कोही पनि जीवित नरहेको बताएको उल्लेख गरेको छ। प्रत्यक्षदर्शीले विमान जमिनमा ठोक्किएर ठूलो आवाज आएको र चर्को आगो बलेको बीबीसीसँग बताएका छन्। विमान दुर्घटनाको पहिलो सूचना इथियोपियाका प्रधानमन्त्री अबि अहमदले आफ्नो ट्विटरमार्फत दिएका थिए। दुर्घटना राजधानीदेखि ६० किलोमिटर दक्षिण पूर्वी क्षेत्र बिसोफ्टु नजिक भएको इथियोपिष्न एयरलाइन्सले उल्लेख गरेको छ।

दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार