बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • चैत्र ८ मा ‘प्रेमलिला’, यस्तो छ ट्रेलर

चैत्र ८ मा ‘प्रेमलिला’, यस्तो छ ट्रेलर

  • आइतवार, फाल्गुन २६, २०७५
चैत्र ८ मा ‘प्रेमलिला’, यस्तो छ ट्रेलर

चलचित्र ‘प्रेमलिला’को प्रदर्शन मिति तय गर्दै नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र अब चैत्रको ८ गतेबाट आउने पक्का भएको छ । चलचित्रकी नायिका तथा निर्मात्री दिपशिखा खड्काले चैत्र ८ गते चलचित्र आउने पक्का भएको बताइन् ।

पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ । यो चलचित्रको मुख्य भूमिकामा दिपशिखा खड्का, अलि खान र मौसम खड्काको मुख्य भूमिका छ ।

दुई देशमा रहेपनि प्रेमले छेक्न सक्दैन भन्ने कथामा यो चलचित्र निर्माण भएको छ । नानीमैया कार्की र फैजिल फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा नायिका खड्काकै कथा, पटकथा तथा संवाद छ ।

चर्चामा

सम्बन्धित समाचार