शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • भालूको आक्रमणपछि पैसा नभएर अस्पतालमा छटपटाइरहेका जीवनाथ तपाईको सहयोगले बाँच्नेछन् -सेयर गरौ

भालूको आक्रमणपछि पैसा नभएर अस्पतालमा छटपटाइरहेका जीवनाथ तपाईको सहयोगले बाँच्नेछन् -सेयर गरौ

  • आइतवार, फाल्गुन २६, २०७५
भालूको आक्रमणपछि पैसा नभएर अस्पतालमा छटपटाइरहेका जीवनाथ तपाईको सहयोगले बाँच्नेछन् -सेयर गरौ

काठमाडौ । आर्थिक विपन्नता भएका सप्तरीको गंगाजली बस्ने यी जीवनाथ आचार्य ११ महिना पहिले जंगलमा घाँस काट्न जाँदा भालूको आक्रमणमा परेका थिए । भालूको आक्रमणबाट उनी गम्भीर घाईते भएका थिए ।

उनको शरिर यसरी क्षतविक्षत भएको थियो । तत्कालको विराटनगरको गोल्डेन अस्पतालमा आईसीयूमा राखेर उपचार गरेपछि थप उपचार काठमाडौका विभिन्न अस्पतालमा गरेपछि उनी बाँच्ने भएका छन् ।

 

तर उनलाई बचाउनका लागि अझै उच्चस्तरको उपचार जरुरी रहेको अस्पतालले जनाएको छ । यसअघि गरिएको शल्यक्रिया फेरी दोहोर्याएर गर्नुपर्ने भएको छ । पुनः शल्यक्रिया गर्दा आचार्यको जीवन बचाउन सकिन्छ । तर उपचार खर्च अभावका कारण उनी अस्पतालकै शैयामा छटपटाइरहेका छन् ।

 

उनको उपचारमा सहयोग गरेर जीवन दान दिन कोही चाहानुहुन्छ भने काठमाडौका विभिन्न अस्पतालमा उपचार गराई रहेकी उनकी श्रीमतीलाई सिँधै सम्पर्क गर्नुहोला । उनको सहयोगको विवरण सामाजिक उत्तरदायीत्व बहन गर्ने जनबोली न्यूज नेटवर्कले निरन्तर प्रकाशन गर्नेछ ।

सहयोगी मनहरुलाई धन्यवाद दिनेछ । सहयोगका लागि उहाँ की श्रीमती ९८६१५०७६१४ अंग्रेजीमा 9861507614 यो नम्बरमा सिधा सम्पर्क गरिदिनुहोला । यो सहयोगको अपिल सहयोगी मनसम्म पुर्याउनका लागि आफ्नो फेसबुक तथा समाजिक सञ्जालमा सेयर गरेरपनि सहयोग गर्न सक्नुहुनेछ । सहयोगी मन सबैलाई सल्यूट ।

चर्चामा

सम्बन्धित समाचार