शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • रेशम चौधरीका कारण टीकापुरमा ‘हाइअर्लट’

रेशम चौधरीका कारण टीकापुरमा ‘हाइअर्लट’

  • आइतवार, फाल्गुन २६, २०७५
रेशम चौधरीका कारण टीकापुरमा ‘हाइअर्लट’

कैलाली, २२ फागुन – टीकापुर मुद्दाबारे जिल्ला अदालतको अन्तिम फैसलापछि स्थानीय प्रशासनले जिल्लाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ ।

जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख एसपी आभुषण तिमल्सिनाका अनुसार जिल्लाको सुरक्षा व्यवस्थामा कुनै कमजोरी हुन नदिन उच्च सतर्कता अपनाइएको हो । फैसलापछि सम्भावित अप्रिय घटना हुन नदिन प्रहरीले यस्तो सर्तकता अपनाएको हो ।

जिल्ला अदालत कैलालीले घटनाको ४२ महिनापछि घटनापछि सांसद रेशम चौधरीसहितलाई जन्मकैदको फैसला सुनाएको हो ।

टीकापुर हत्याकाण्डबारे कैलाली जिल्ला अदालतले बुधबार गरेको फैसलापछि थारुसम्बद्ध विभिन्न संघ संगठनले रेशम चौधरी लगायत ११ जना पनि निर्देश भएकाले उनीहरुलाई राजनीतिक मुद्दा ठान्दै थुनामुक्त गर्न माग गरेका छन् ।

थारुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली, थारुहट थारुवान संयुक्त संघर्ष समिति कञ्चनपुर, थारु कल्याणकारी सभा कैलाली र कञ्चनपुरले संयुक्त विज्ञप्ति जारी गर्दै रेशम चौधरी लगायत ११ जना निर्दोष रहेकाले उनीहरुलाई थुनामुक्त गर्नेतिर राज्यको ध्यान जान जरुरी भएको बताएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार