शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपाकाे पक्षमा मधेशमा जनलहर

नेकपाकाे पक्षमा मधेशमा जनलहर

  • शनिबार, फाल्गुन २५, २०७५
नेकपाकाे पक्षमा मधेशमा जनलहर

रौतहट, २५ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मधेशमा आयोजना गरेको पहिलो जनसभामा मानवसागर उर्लिएको छ । नेकपा प्रदेश नम्बर दुईले आज रौतहटको गरुडामा आयोजना गरेको जनसभामा नेकपाको पक्षमा सो मानवसागर उर्लिएको हो ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहभागी जनसभामा अहिलेसम्मकै सबैभन्दा बढी मधेसी जनता सहभागी भएका हुन् ।

गरुडाको आजको सभामा देखिएको सहभागिताले तराई मधेशका जनता नेकपाको पक्षमा रहेको देखिन्छ । अब तराई मधेशमा नेकपा भन्दा बलियो शक्ति अरु छैन भन्ने प्रमाणित गरेको छ । तराई मधेशको विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र नेपालले गरेकोे योगदानको कारण पछिल्लो समय मधेशका जनता नेकपाप्रति आकर्षित बनेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार