शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • उपप्रमुख बिष्टद्धारा साहेता कोषको स्थापना

उपप्रमुख बिष्टद्धारा साहेता कोषको स्थापना

  • शुक्रबार, फाल्गुन २४, २०७५
उपप्रमुख बिष्टद्धारा साहेता कोषको स्थापना

बडिमालिका समचार
फागुन, २४ मार्तडी
बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्टले “सक्षम नारी साहेता कोषको स्थापना” गर्ने घोषणा गरेकी छन् । १०९ औ अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा ब्यक्तिगत रुपमा १ लाख प्रदान गर्ने गरी अक्षय कोषको स्थापना गरेकी छन् ।
सक्षम नारी साहेता कोष नामक दिएको अक्षय कोषमा १ लाख रुपैया आफैले जम्मा गरेर स्थापना गरेको भएपनि यसमा अन्य सहयोगि निकायले पनि सहयोग गर्न सक्ने उपप्रमुख कबिता बिष्टले वताएकी छन् । समाज रहेका असाहय महिला, पछाडी परेका महिला, उपचार नपाएर तड्पीरहेका महिला र हिशां पिडित महिलाका लागि अक्षय कोषले सहयोग गर्ने लक्ष्य रहेको उनले वताईन् ।
अक्षय कोष सञ्चालनका लागि कार्यबिधि बनाएर संस्थागत तरीकाले लैजाने योजना रहेको वताइन्, साथै अक्षय कोषमा सहयोग गर्न समेत आग्रह गरेकी छन् । साथै नगरपालिकामा रहेका हिसा पिडित महिला उपचार नपाएर बसेकि महिला र एकल महिलाको तथ्याङ्क संकलन गर्ने रहेको बिष्टले वताईन् । कोही महिला १ हजार नपाएर पनी उपचार गर्न नपाउने महिलालाइ सानै भएपनि यो अक्षय कोष स्थापना पछि सहयोग हुने वताईएको छ ।
उपप्रमुख बिष्टले नगरपालिकामा महिलाका सवालमा वकालत पैरवीका साथै न्याय नपाएका महिलाहरुका पक्षमा लाग्दै आएकी छन् । उनले महिला सँग उपप्रमुख कार्यक्रम सञ्चालन गरेर नगरपालिकामा महिशा हिशां न्युनिकरण र कुप्रथा अन्त्यका लागि चेतना मुलक अभियान जस्ता काम गर्दै आएको बडिमालिका नगरपालिकाले वताएका छन् ।
त्यस्तै एकल महिलालाई उन्नत जातका बाख्रा बितरण समेत गर्दै आएकि छन् । छाउपडि गोठमुक्त अभियानमा वडा घोषण गर्नमा सफल बन्दै आएकी छन् । त्यस्तै नगरपालिकामा रहेका असाहय टुहुरा वालवालिकालाई सहयोग गर्दै आएकि उपप्रमुखले बडिमालिका ५ मनाका असाहय वालवालिकालाई नगद १० हजार समेत सहयोग गरेकी थिईन् । कारागारमा रहेका कैदी बन्दिलाई पनि सहयोग गरेको उनले वताईन् । नगरपालिका दुर्गम ५ गाँउमा शहरि स्वास्थ्य स्थापना गर्नमा समेत पहल गरेको उपप्रमुख बिष्टले भनिन् ।

चर्चामा

सम्बन्धित समाचार