शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा बिविध कार्यक्रम गरि मनाईयो नारी दिवस

बाजुरामा बिविध कार्यक्रम गरि मनाईयो नारी दिवस

  • शुक्रबार, फाल्गुन २४, २०७५
बाजुरामा बिविध कार्यक्रम गरि मनाईयो नारी दिवस

बडीमालिका खवर 

बाजुरा जिल्लामा बिबिध कार्यक्रम गरि नारी दिवस मानाईएको छ । जिल्लामा स्थानिय तहका वडा स्तर देखी बिभिन्न ठाउँमा दिवस मनाईएको हो । १०९ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बडीमालिका नगरपालिका र रेडीयो बाजुराले पनी सदरमुकाम मार्तडीमा बिबिध कार्यक्रम गरि मनाईएको छ ।


महिला जागरूकताका लागि महत्वपूर्ण मानिने नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर मनाइने गरिन्छ । राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा उन्मूलन आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन
यसै सन्दर्भमा रेडीयो बाजुराले आज बिहान एक कार्यक्रमको आयोजना गरि जिल्लाका जनप्रतिनिधी र सरोकारवालाहरु संग रेडीयो बहस कार्यक्रम गरेको थियो । महिला हिसां न्यूनीकरण तथा समानताका बिषयमा भएको बहसमा जनप्रतिनिधी तथा सरकारवाला निकायले सकरात्मक सुझाव सहित भाबी योजनाका बारेमा बताएका थिए । त्यसै गरी बडीमालिका नगरपालिका वडा न ७ ले वडा न ७को कार्यालय चुथीमा जनचेतनामुलक देउडा कार्यक्रमको आयोजना गरि दिवस मनाएको बडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बतएका छन । त्यसै गरी बडीमलिका नगरपालिकाको आयोजना तथा सोही नगरपालिका वडा न ८ र ९ को समन्वयमा जिल्ला सदरमुकाम मार्तडीमा पनी भब्य कार्यक्रम गरि नारी दिवस मनाएको छ । कार्यक्रममा वडाभरीका महिलाहरुले जनचेततना मुलक देउडा कार्यक्रम गरि मनाएको बडीमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकले बताएका छन ।


सर्वप्रथम् १९०९ फेब्रोअरी २८ मा नारी दिवस मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको बताएको छ । १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हड्तालमा जाने निर्णय गरे । फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पथ्र्यो, जुन गे्रगरियन कयालेन्डर अनुसार ८ मार्च थियो । त्यसयता विश्वका सबै देशमा अन्तराष्ट्रिय नारी दिवस प्रत्येक मार्च ८ मा मनाइँदै आएको पाइन्छ ।

चर्चामा

सम्बन्धित समाचार