शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • बिप्लब माओवादीद्धारा बझाङबाट सांसद मल्लको अपहरण

बिप्लब माओवादीद्धारा बझाङबाट सांसद मल्लको अपहरण

  • शुक्रबार, फाल्गुन २४, २०७५
बिप्लब माओवादीद्धारा बझाङबाट सांसद मल्लको अपहरण

बझाङ । अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ललाई प्रहरीले फेला पारेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले केदारस्युँ गाउँपालिका-५ बगडीपाउटा भन्ने ठाउँमा फेला पारेको डीएसपी प्रविण धितालले जानकारी दिए । उनका अनुसार सांसद मल्ललाई सदरमुकाम ल्याउने काम भइरहेको छ
फोन सम्पर्क नभएकोले अपहरणबारे विस्तृतमा जानकारी आइनसकेको डीएसपी धितालले बताए। सांसद मल्ललाई एक्लै भएको अवस्थामा प्रहरीले भेट्टाएको हो। नारी दिवसको कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा शुक्रबार बिहान १० बजेतिर सांसद मल्लको अपहरण भएको हो।

अपहरण नेकपा (विप्लव समूह)ले गरेको आशंका

सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल अपहरणमा परेकी छन् । शुक्रबार बिहान १० बजेतिर बझाङको केदारस्युँ गाउँपालिका सैन्सुबाट प्रदेश सांसद मल्ल अपहरण परेकी हुन् ।

नारी दिवसको अवसरमा बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा सांसद् मल्ल अपहरणमा परेकी हुन्। अपहरण नेकपा (विप्लव समूह)ले गरेको आशंका गरिएको छ।

बझाङका प्रमुख जिल्ला अधिकारी सूर्य सुनारले सांसद मल्ल अपहरणमा परेको जानकारी आएको र बुझ्ने काम भइरहेको बताए।
सुदूरपश्चिम प्रदेश प्रहरीको उच्च स्रोतका अनुसार सांसद मल्ल अपहरणमा परेकोजानकारी पाउनासाथ प्रहरी टोली परिचालन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार