आज अन्र्तराष्ट्रिय नारी दिवस विश्वभरी विभिन्न कार्यक्रमगरी मनाईदैछ । नेपालमा पनि सार्वजनिक विदा नै दिएर सरकारी तवरमा धुमधामका साथ करोडौका कार्यक्रम गरेर मनाईदैछ । तर दुर दराजमा भएका महिलाहरुले आज नारी दिवस थाहा नैं पाएका छैनन् ।
नेपालको सहरी क्षेत्रमा विशेष गरेर कुनै सभा सम्मेलन गरेर मनाइने यस्ता दिवसहरुले त्यो बेला कुनैं अर्थ हुँदैन । गाउँमा आज पनि घरेलु कामका निहुँमा नारी श्रममै सोषित छन् , बोक्सीको आरोपमा अमानवीय व्यवहार भएको छ ।
छाउपडीका नाममा नारीलाई अकालमा नैं मर्न बाध्य पारिएको छ । दिवसको अर्थ त्यो बेला साध्य हुन्छ, जब गाउँ–गाउँमा नारी पिडा मुक्त हुन्छन् । अभाव मुक्त हुन्छन् । श्रमको उचित ज्याला पाउँछन् यदा कदा भएका पिडाका पिडितहरुले न्याय पाउँछन् ।
न्याय दिन नसके पनि चेतना दिनुपर्ने सबैंको दायीत्व जस्तैं हो । अर्को फरक प्रशंग, जब गाउँका महिलालाई श्रम शोषण भनेको के हो थाहा छैन । उनीहरुलाई सास धान्नसँग मात्रै सरोकार छ । परिवारलाई दुई छाक पेटभरि खुवाउनु छ । कसै कसैलाई भने गाउँमा रहेका छोराछोरीका लागि किताब कापी किनिदिनु छ । यस्तो दयनीय अवस्था भएको ठाउँमा कुनै पनि दिवसको कुनै अर्थ छैन् । यती सम्म चेतना छ की आज पनि गाउँमा यस्ता महिलाहरु धेरैं भेटिन्छन जसलाई नेपालको राष्ट्रपति, प्रधानमन्त्री यहाँसम्म कि आफैंले भोट दिएर पठाएको नेतासम्म थाहा हुँदैन । उनीहरु आफ्नो पौरखमा विश्वास गर्छन ।
उनीहरुका नाममा शहरमा ठुलाठुला पाँच तारे होटेलहरुमा गोष्ठी गरिन्छन । तर, शहरमा हुने यस्ता सभा सम्मेलनहरुले ति महिलाहरुलाई कहिल्लैं छुन सकेको छैन । सामाजिक, आर्थिक, तथा धार्मिक कारणले गर्दा आज पनि महिला माथि दमन भइरहेको छ । यस कुरामा सम्बन्धित निकायको ध्यान पुग्न आवश्यक देखिएको छ ।