बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • पोखरामा १६ करोड लागतमा सेभेन लेक्स रिसोर्ट

पोखरामा १६ करोड लागतमा सेभेन लेक्स रिसोर्ट

  • शुक्रबार, फाल्गुन २४, २०७५
पोखरामा १६ करोड लागतमा सेभेन लेक्स रिसोर्ट

पोखरा महानगरपालिका वडा नम्बर २९ मा थ्रि स्टार स्तरको सेवा सुविधा भएको सेभेन लेक्स रिसोर्ट संचालनमा आएको छ । नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भमा पोखरा क्षेत्रको गुणस्तरिय पर्यटन प्रबर्द्धन गर्न पनि आफुहरुले उक्त रिसोर्ट आफ्नै क्षेत्रमा हालै संचालन गरेको रिसोर्ट संचालक विनोद गुरुङले बताए । पोखरामा अन्तर्रा्ष्ट्रिय विमानस्थल निमार्ण तिव्र गतिमा अघि बढेसंगै आफुहरुले आफ्नो क्षेत्रमा केहि गर्नुपर्छ भन्दै रिसोर्ट संचालन गरेको संचालक गुरुङले जनाए । पारिवारीक डबल डिलक्स, सुपर डिलक्स, डिलक्स गरी हाल १९ रुमहरु संचालनमा आएको संचालक गुरुङ बताए ।

उक्त रिसोर्टमा ५० जना क्षमताको रेष्टुरेण्ट, ५० जना क्षमताकै सभाहल, सुइमिङपुल, नेपाली देखि विभिन्न देशका खानाका परिकार उपलब्ध गराइएको छ । लाईभ म्युजिक सहित वारबिक्यू समेत संचालनको लागि खुल्ला ठाँउको समेत उपलब्ध भएको उनले जनाए । २१ बर्ष जग्गा भाडामा लियर आफुले होटल क्षेत्रमा हात हालेको जुन अभियानलाई आफ्नो घर परिवार साथी भाईहरुले पुर्ण साथ र सहयोग गरेको उनले बताए । मकाउ, सिंगापुर, मलेसिया लगायतका केहि देशमा रोजगारको शिलशिलामा पुगेका विनादले आफ्नो क्षेत्रमा आफ्नो पालामा केहि न केहि गर्नु पर्छ भनि रिसोर्ट संचालन गरेका हुन्।

झाँडी र खरानि बारीको रुपमा रहेको स्थानमा उनले ४२ रोपनी जग्गा भाडामा लिएका हुन भने हाल रिसोर्टको लागि मात्र ३० रोपनी जग्गा प्रयोगमा आएको छ । पटक पटक वैदेशीक रोजगारमा गएर स्वदेशी रियल स्टेटको व्यवसाय संचालन गर्दै आएका पोखरा महानगरपालिका—२९ का व्यवसायी गुरुङको एकल लगानीमा उक्त रिसोर्ट हाल संचालनमा आएको हो । मर्निङवार्कमा तीन बर्ष अघि रिसोर्टको अबधारणा तयार पारेका उनले हाल जमिनको सतह भन्दा करिब ४ सय मिटिर उचाईको डाँडामा धौलागिरी देखि अन्नपुर्ण हिमश्रृखला हुदै गणेश हिमालसम्म देख्न सकिने अति नै लोभलाग्दो स्थानमा रिसोर्ट संचालनमा ल्याएका हुन्।

साँझदेखि बेलुकाको समयमा प्रायः गरी साविक लेखनाथको अधिकाशं ठाँउहरु झिलिमिल भएको देख्न सकिन्छ भने दिउँसो मौसम खुल्दा बेगनास, दिपाङ ताल देख्न सकिन्छ । विश्व शान्ति स्तुपा, पुम्दीकोट, सराङकोट, काहुँ डाँडा, सेतीखोँचको केही भाग लगायतका भागहरु समेत उक्त रिसोर्टबाट देख्न सकिन्छ । केहि समयमा रिसोर्टमा ५ वटा रुम समेत थप्ने तयारी भएको छ । रिसोर्टमा हाल ६ वटा भिल्ला समेत रहेका छन्। हेलि प्याड सहितको सेवा भएकोले गुणस्तरिय पर्यटकहरु भित्राउने आफुहरुको लक्ष्य भएको रिसोर्टका व्यबस्थापक विनोद पौडेलले बताए । उनका अनुसार उक्त रिसोर्टमा बसेका  नेपालीलाई प्रति रातको ७ हजार देखि १२ हजारसम्म, विदेशीको हकमा भने ८५ अमेरीकी डलर देखि एक सय ५० अमेरीकी डलरसम्म शुल्क लाग्ने छ ।

हाल अनौपचारिक रुपम सेवा संचालन गरे पनि यसको औपचारिक रुपमा भने नेपाली नयाँ वर्ष वैशाखबाट पुर्ण रुपमा संचालन गर्ने योजना रहेको प्रबन्ध निर्देशक विवेक गुरुङले बताए । उनका अनुसार रिसोर्टमा हाल १५ जना कर्मचारीले प्रत्यक्ष रोजगार पाएका छन भने वैशाखबाट थप १५ जना गरी ३० जनाले रोजगार पाउने भएका हुन्। आन्तरिक तथा वाहय पर्यटन प्रबर्द्धनमा उक्त रिसोर्टले थप टेवा पुग्ने उनले विश्वास लिएका छन्। बेगनास तालबाट ३ किलोमिटर पश्चिम दक्षिण तालचोकबाट करिब साँढे एक मिलोमिटर पुर्व दक्षिण तर्फ पर्छ भने भण्डारढिकचोक वा शिशुवाचोकबाट उक्त रिसोर्ट एक मिलेमिटर टाडाको दुरीमा पर्छ । सरकारी निकायमबाट आवश्यक सबै मापदण्ड पुरा गरी धेरै भन्दा धेरै पर्यटक भित्राउदै राज्यलाई बढी राजश्व तिर्ने आफुहरुको अर्को लक्ष्य रहेको संचालक विनोद गुरुङ बताउछन् । रिसोर्टले आफ्नो वोरिङ पानी समेत संचालनमा ल्याएको छ ।

चर्चामा

सम्बन्धित समाचार