बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • प्रसुती गराउन हवाई जहाँज चढ्नु पर्ने बाध्यता

प्रसुती गराउन हवाई जहाँज चढ्नु पर्ने बाध्यता

  • बिहिबार, फाल्गुन २३, २०७५
प्रसुती गराउन हवाई जहाँज चढ्नु पर्ने बाध्यता

नहकुल जोशी
बाजुरा, २३ फागुन
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका ३ जुकोटकी इन्द्रा कामीलाई बुधवार देखि प्रसुती बेथा लाग्यो । करिव डेढ हप्ता अघि हिमाली गाउँपालिकामा आयोजना गरिएको ग्रामिण अल्ट्रासाउन्ड शिविरमा परीक्षण गराउदा कामीको गर्भमा दुईवटा बच्चा भएको पुष्टि भयो । उनको एउटा बच्चा सूल्टो र एउटा बच्चा उल्टो थियो, साल एउटा मात्र थियो । उनको प्रसुती गराउनका लागि अप्रेसन नै गराउनु पर्ने डाक्टरहरुको सुझाव थियो । केहि दिन देखि उनलाई असजिलो महशुस भए पछि परिवारले एक साता यता प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याएका थिए ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले यो जटिल प्रकारको समस्या भएको भन्दै उनलाई जिल्ला सदरमुकाम मार्तडी वा नेपालगंज लैजान भनेका थिए । सदरमुकाम जाने बाटो हिमपातले अवरुद्ध भए पछि कामी परिवार हवाई जहाजको महंगो भाडा तिरेर नेपालगंज लिन तयार भए र विहिवार अपरान्न समिट एयरको विमानमार्फत कामीलाई नेपालगंज लगिएको छ ।
यो घटना बाजुराको प्रतिनिधि घटना मात्र हो । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल प्रकारको प्रसुती गराउनका लागि शल्यक्रिया द्वारा गरिने आकस्मीक प्रसुती सेवा शुरु नभएकाले समस्या भै रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन । सल्यक्रिया द्धारा गरिने आकस्मीक प्रसुती सेवा सुचारु भएको भए अप्रेसन गरेर बच्चा जन्माउन सकिन्थ्यो, त्यो पनि छैन समस्या भै रहेको छ डा गणेश चौधरीले बताए । परिवार कल्याण महाँसाखाले चालु आर्थिक बर्षको असार देखि नै कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मीक प्रसुति सेवाको सुरुवात गर्ने भनेको भए पनि हाल सम्म शुरु हुन सकिरहेको छैन ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा गणेश चौधरीले हाल सम्म प्रक्रियामै रहेकाले यो स्थापना हुन नसकेको बताए । डा चौधरीले सिइवएनसी सेवाका लागि नेपाल सरकारले बजेटको बवस्था गरेको र आवश्यक सामग्रीहरु अछाममा थन्कीएको अवस्थामा रहेको बताए । हाल कर्मचारीको समेत माग भएकाले यसै आर्थिक बर्ष भित्र सिइवएनसी सेवा सुचारु हुनेमा आफू आसावादी भएको उनले बताए ।
गत आर्थिक बर्षमा बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्रशुती हुन आएका २ सय ६९ जना आमाहरु मध्य १० जनालाई जटिल अवस्था देखिएपछि स्वाथ्य केन्द्रले रिफर गरेको थियो । जसमध्य २ जनाले ज्यान समेत गुमाउनु परेको थियो । बाजुरा लगायत हुम्ला र मुगु जिल्लाका स्थानियको समेत पाइक पर्ने भए पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीको संख्या बर्षेनी बढ्ने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार