बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • समाज
  • सात प्रदेशमा नेपाल प्रहरीलाई ७ नयाँ हेलिकोप्टर चाहियो !

सात प्रदेशमा नेपाल प्रहरीलाई ७ नयाँ हेलिकोप्टर चाहियो !

  • बिहिबार, फाल्गुन २३, २०७५
सात प्रदेशमा नेपाल प्रहरीलाई ७ नयाँ हेलिकोप्टर चाहियो !

काठमाडौं । नेपालको भौगोलिक विकटताका कारण हरेक कुराहरुमा समस्या देखिन थालेको छ । यो बिचमा नेपाल प्रहरीले गृह मन्त्रालयसँग सातवटा हेलिकोप्टर खरिद गर्न बजेट माग गरेको छ ।

खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सातवटै प्रदेशमा सातवटा हेलिकोप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो । सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकोप्टर खरिद गर्नका लागि गृह मन्त्रालयसँग बजेट माग गरेको थियो । तर प्रहरीलाई गृह मन्त्रालयले भने बजेट उपलब्ध गराएको थिएन ।

२०१२ सालमा स्थापना भएको प्रहरी संगठनले पटक–पटक हेलिकोप्टर खरिदका लागि बजेट माग गर्दै आएको छ । हेलिकोप्टर प्रहरीलाई आवश्यक भए पनि गृह मन्त्रालयले अहिलेसम्म हेलिकोप्टर खरिद गर्न बजेट उपलब्ध गराएको छैन । दुर्घटनापछिको खोज तथा उद्धारमा जनशक्ति व्यवस्थापनमा हेलिकोप्टर आवश्यक भए पनि प्रहरी संगठनले प्राप्त गर्न सकेको छैन ।

प्राकृतिक विपद्पछिको खोज तथा उद्धारमा जनशक्ति पठाउनका लागि निजी क्षेत्रको हेलिकोप्टर पठाउनुपर्ने अवस्था रहेको प्रहरीले बताएको छ । आजको नेपाल समाचार पत्रमा खबर छ ।

चर्चामा

सम्बन्धित समाचार