बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • विश्वका ८ सय ४ अर्बपतिलाई पछि पार्दै माथि उक्लिए बिनोद चौधरी !

विश्वका ८ सय ४ अर्बपतिलाई पछि पार्दै माथि उक्लिए बिनोद चौधरी !

  • बिहिबार, फाल्गुन २३, २०७५
विश्वका ८ सय ४ अर्बपतिलाई पछि पार्दै माथि उक्लिए बिनोद चौधरी !

यस वर्षका अर्बपतिहरुको सूची सार्वजनिक भएको छ । फोब्र्सले सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको नयाँ सूचीमा अमेजनका संस्थापक जेफ बेजोस १ नम्बरमा रहनु भएको छ । उहाँको कुल सम्पत्ति १३१ बिलियन डलर रहेको छ । उहाँको कुल सम्पत्ति गत वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढेको जनाइएको छ ।

यसैगरी बिल गेट्स ९६.५ बिलियन अमेरिकी डलरसहित दोस्रो स्थानमा रहनु भएको छ भने भने तेस्रो स्थानमा वारेन बफेट पर्नु भएको छ । उहाँको कुल सम्पत्ति ८२.५ बिलियन अमेरिकी डलर रहेको । यता फेसबुकका संस्थापक मार्क जुकर्बर्गको सम्पत्ति भने घटिरहेको छ । त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पति पनि निरन्तर घटेको देखिएको छ ।

फोब्र्सको सूची अनुसार गत वर्ष जुकरवर्गको सम्पत्ति ६२.३ अर्ब अमेरिकी डलर रहेकोमा यो वर्ष ८.७ अर्ब डलरले घटेको हो । फोब्स म्यागजिनको अर्बपतिहरुको सूचीमा रहेका नेपालका एकमात्रै अर्बपति विनोद चौधरीको सम्पत्ति १.७ बिलियन अमेरिकी डलर छ । नेपालका एकमात्र अर्बपती चौधरीले एक वर्षमै २० अर्ब बढी सम्पत्ति आर्जन गर्नुभएको छ ।

अमेरिकी म्यगेजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०१९ को अर्वपतिको सूचीमा चौधरी १३४९ औं स्थानमा हुनुहुन्छ । गत वर्ष उहाँ फोर्ब्सको अर्बपतिको सूचीमा १५६१ औं स्थानमा हुनुहुन्थ्यो । फोब्र्सको गणनामा परेका दुई हजार एक सय ५३ अर्बपतिमध्ये २५२ जना महिलाहरू छन् । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार